२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

रामग्राम जेसीजद्वारा नेतृत्व कला विकास तालिम

मंगलवार , फाल्गुण ८, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • परासी, ८ फागुन । 
    पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नेतृत्व कला विकास तालिम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय अग्रणी संस्था रामग्राम जेसीजको आयोजना एवं रामग्राम महिला जेसीज र अप्टिमिष्ट क्लब अफ नवलपरासीको सह–आयोजनामा सोमबार उक्त प्रशिक्षण सम्पन्न भएको हो ।

    रामग्राम जेसीज, रामग्राम महिला जेसीज तथा अप्टिमिप्ट क्लबमा आबद्ध रामग्राम नगरपालिका, पाल्हीनन्दन र सरावल गाउँपालिकाका गरी ४० जना युवाहरुको सहभागीता रहेको उक्त तालिममा प्रसिद्ध प्रशिक्षक विजय पाण्डेले प्रशिक्षण दिएका थिए ।

    नेतृत्व शैली, नेतृत्व कला, नेतृत्वमा हुनुपर्ने गुण, सफल नेतृत्वको खुड्किला लगायतका विषयमा सैद्वान्तिक र व्यवहारिक रुपमा सहभागीहरुलाई प्रशिक्षण गराइएको थियो । विशेष गरी युवाहरुको नेतृत्व क्षमता अभिवृद्धि र नेतृत्व कला विकास गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले जानकारी दिए । सफलता प्राप्त गर्न नेतृत्व र व्यक्तित्व विकास आवश्यक रहेको बताउँदै उनले जेसीजले तालिमको माध्यमबाट आफ्नो सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उनले बताए ।

    तालिमको उद्घटन गर्दै नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले युवाहरुको नेतृत्व क्षमता अभिवृद्धिमा यो तालिमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले युवाहरुलाई सीप तालिममार्फत उद्यमतर्फ अघि बढाउनुपर्नेमा जोड दिए ।

    त्यस्तै तालिमको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सन्दिप अग्रहरीले जेसीजको मूल उद्देश्यले नै तालिमको माध्यमबाट नेतृत्व र व्यक्तित्व विकास गर्ने रहेकोले यस तालिम प्रभावकारी भएको अनुभुति भएको बताए । उनले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गरी सफल नेतृत्वकर्ता बन्न जोड दिँदै आगामी दिनमा पनि यस किसिमका तालिमलाई निरन्तरता दिन उनले आग्रह गरे ।

    रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा रामग्राम महिला जेसीजकी अध्यक्ष विनिता खड्का र अप्टिमिष्ट क्लबका अध्यक्ष मनिष गुप्ताको सह–अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम बस्याल, पूर्वअध्यक्षहरु मेघराज गौतम, चन्द्रमणि चौधरी, ज्योति विकास बैंक परासी शाखाका प्रबन्धक दीपक अधिकारी, रामग्राम जेसीजका महासचिव मुकेश लोनिया, रामग्राम महिला जेसीजकी कार्यकारी उपाध्यक्ष डोल्मा चौधरी, रामग्राम जेसीजका तालिम आयुक्त एवं कार्यक्रम संयोजक पुरुषोत्तम तिवारी, रामग्राम जेसीजका जनसम्पर्क अधिकारी रामप्रसाद पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

    प्रशिक्षार्थीको तर्फबाट लक्ष्मी चौधरी, पर्शुराम यादव, रुक्साना खातुन, डा. विकास ढुंगाना लगायतले बोल्दै तालिम निकै प्रभावकारी भएको र सिकेका कुरालाई अभ्यास गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।