
शनिवार , फाल्गुण १, २०७७
फागुन १, नवलपरासी । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समूहले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय जनसभा गरिरहेको छ।
सोही भेलामा जानका लागि पश्चिम नवलपरासीका २ विधालयका बस कार्यकर्ता ओसार्न प्रयोग भएको हो । सुनवल नगरपालिकाका रामनगर एकेडेमी भुमही र विद्यासागर प्रसिद्ध इङलिस बोर्डिङ स्कुल हरकट्टाले आमसभा कार्यकर्ता ओसार्नका लागि बस उपलब्ध गराएका हुन्।
आमसभा स्थल बुटवल छिमेकी जिल्ला भएका कारण पनि ओली समुहका जिल्ला नेता कार्यकर्ताले नवलपरासीबाट ठुलो सङ्ख्यामा कार्यकर्ता उपस्थित गराउन केहि दिन यता निकै मिहेनत गरिरहेका थिए ।
अन्य सवारी भन्दा स्कुल बस लैजादा सवारीको भाडा कम पर्नेभएकाले स्कुल बस प्रयोग गरिएको हुन सक्ने एक स्थानीयले बताए ।
'अराजकताको अन्त्य, राजनैतिक स्थिरता, संविधानको रक्षा, राष्ट्रिय स्वाधिनता, ताजा जनादेश विकासको निरन्तरता' भन्ने मुल नाराका साथ आयोजना गरिएको सो जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उर्जामन्त्री तथा नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका नेताहरूले आमसभालाई सम्वोधन गरिरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij