images

शनिवार, बैशाख १५ गते २०८१

दुधको वक्यौता रकम भुक्तानी गर्नुपर्ने अखिल नेपाल किसान महासंघ रुपन्देहीको माग

दुधको वक्यौता रकम भुक्तानी गर्नुपर्ने अखिल नेपाल किसान महासंघ रुपन्देहीको माग

images
images
images
बुधवार, फाल्गुण ९ २०८०
बुधवार, फाल्गुण ९ २०८०
  • दुधको वक्यौता रकम भुक्तानी गर्नुपर्ने अखिल नेपाल किसान महासंघ रुपन्देहीको माग

    भैरहवा, ९ फागुन ।
    अखिल नेपाल किसान महासंघ रुपन्देहीले विभिन्न माग राख्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको छ । महासंघले नेपाली किसानहरुले उत्पादन गरेको दुध बिना शर्त दुग्ध विकास संस्थानले खरिद गर्नुपर्ने, दुधको वक्यौता रकम अविलम्ब भुक्तानी गर्नुपर्ने, स्वदेशी कृषि तथा पशुजन्य वस्तुको उत्पादन हुँदाहुँदै बिना अवरोध विदेशी कृषि, पशुजन्य, दुग्धजन्य वस्तुको आयात तथा बजारीकरणलाई निरुत्साहित तथा पूर्ण रुपमा बन्देज गर्नुपर्ने माग गरेको छ ।

    images

    त्यस्तै पशु आहारको गुणस्तर अनुगमन, मूल्य निर्धारण तथा पशु आहारमा अनुदानको व्यवस्था, वैदेशिक कृषि उपजहरुमा पूर्ण रोक र केहीमा कृषि सुधार शुल्क लगाउँदै आयातमा भन्सारदर बढाउनुपर्ने महासंघको माग छ । 

    त्यसै गरी सीमा क्षेत्रमा रहेका दुध संकलन केन्द्र अविलम्ब बन्द गर्न माग गरिएको अखिल नेपाल किसान दुग्ध उत्पादक संघ रुपन्देहीका अध्यक्ष दिल्लीराज कंडेलले बताए ।

    पशुमा लाग्ने रोगको औषधि किसान आफैले किन्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज तिलकराम घिमिरेले बताए ।

    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘यहाँहरुसँग भएका सूचना, तथ्य र प्रमाण उपलब्ध गराएर सहयोग गर्नुहोस् । किसानको समस्या समाधानका लागि तत्पर छौं ।’

    ज्ञापनपत्र बुझाउन बुधबार अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र गिरी, रुपन्देही जिल्ला अध्यक्ष कृष्ण प्रसाद पन्थी, केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज तिलकराम घिमिरे, अखिल नेपाल किसान दुग्ध उत्पादक संघ रुपन्देहीका अध्यक्ष दिल्लीराज कंडेललगायत जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेका थिए ।

    WhatsApp Image 2024-02-21 at 1.15.30 PM.jpeg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij