images

बिहिवार, बैशाख २० गते २०८१

साई ग्लोबल कप : जेसिस र साई ग्लोबल ‘बी’ विजयी

साई ग्लोबल कप : जेसिस र साई ग्लोबल ‘बी’ विजयी

images
images
images
बुधवार, फाल्गुण ९ २०८०
बुधवार, फाल्गुण ९ २०८०
  • साई ग्लोबल कप : जेसिस र साई ग्लोबल ‘बी’ विजयी

    भैरहवा, ९ फागुन ।
    जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’ मा जेसिस इङ्लिस बोर्डिङ हाई स्कूल र साई ग्लोबल ‘बी’ ले जीत निकालेका छन् । बुधबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएका दुई खेलमा जेसिसले लुम्बिनी बाणिज्य क्याम्पसमाथि ९ विकेटको जीत निकालेको हो भने साई ग्लोबलले सहीद नारायण पोखरेल क्याम्पसमाथि १८ रनको जीत निकाल्न सफल भएको हो ।

    images
    images
    images

    पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी वाणिज्यले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा अलआउट हुँदै ७६ रनको सामान्य योगफल बनायो । उसका लागि साहीउल्लाह खान मुसलमानले सर्वाधिक २४ रन जोड्दा हिरामणि भण्डारीले १५ र सन्देश पौडेलले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा जेसिसका इकलाख अहम्मद र अजयकुमार चौहानले समान ३–३ तथा शैलेन्द्र यादवले २ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको जेसिसले १४ ओभर १ बलमा १ विकेटको नोक्सानीमा ७९ रन बनाउँदै सहजै लक्ष्य भेट्टायो । उसको जितमा सागर कुँवरले ३२ र शैलेन्द्र यादवले २९ रन बनाए । उनीहरु दुवैजना अविजित रहे । बलिङमा लुम्बिनी वाणिज्यका क्षितिज गैरेले १ विकेट लिए । खेलमा जेसिसका इकलाख अहम्मद म्यान अफ द म्याच घोषित भए ।

    त्यस्तै अर्को खेलमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबल ‘बी’ ले निर्धारित खेलमा ८ विकेटको क्षतिमा १ सय २२ रनको योगफल बनायो । उसका लागि अविजित ज्ञवालीले ३२, मिर्नाल गुरुङले ३० र मोहम्मद हुसेनले १३ रन बनाए । बलिङमा सहीद नारायणका शेषदत्त थारुले ३, प्रकाश आचार्यले २ तथा सुभाष थारु र प्रदीप सुवेदीले समान १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको सहीद नारायण १८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४ रनमै समेटियो । उसका लागि प्रदीप सुवेदीले ३०, अभिषेक भण्डारी र सुभाष थारुले समान २३–२३ तथा वीरेन्द्र यादवले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
    बलिङमा साई ग्लोबलका धिरन्दर राजभरले ३ तथा मोहम्मद हुसेन, मिर्नाल गुरुङ, जयप्रताप यादव र अमन यादवले समान १–१ विकेट लिए । खेलमा साई ग्लोबल ‘बी’ धिरन्दर राजभर म्यान अफ द म्याच भए ।

    ck2.jpg

    रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमीले प्रमुख प्रायोजनमा जारी प्रतियोगिताका विजेता टीमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नछ । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टीम सहभागी छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij