२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुधबार बिहानदेखि तिलोत्तमाका झबिन्द्र ज्ञवाली सम्पर्कबिहीन

बुधवार , फाल्गुण ९, २०८०

तिलोतमा, ९ फागुन । 
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–७ जहदा टोल विकाश संस्थाका एक पुरुष बुधबार (आज) बिहानदेखि सम्पर्कबिहीन भएका छन् । अन्दाजी ५७ वर्षका झबिन्द्र ज्ञवाली सम्पर्कबिहीन रहेको उनको परिवारले बताएका छन् । 

बिहान ‘मर्निङ्गवाक जान्छु’ भनी हिडेको र हालसम्म पनि झबिन्द्र सम्पर्कमा नआएको उनको परिवारले जनाएका छन् । झबिन्द्रले निलो टिसर्ट, कालो पाइन्ट र चप्पल लगाएर घरबाट निस्किएको उनका भाइ पर्शुराम ज्ञवालीले बताए । उनको खोजीका लागि परिवारले अपील गरेका छन् ।

झबिन्द्रलाई भेटाउनुहुने जोकसैले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८५७०३५८२४, ९८४७०६६३२९ मा सम्पर्क गर्न पर्शुरामले आग्रह गरे । झबिन्द्र तिलोत्तमा नगरपालिका–७ स्थित करहिया खानेपानी संस्थामा कार्य गदै आएका थिए ।