२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश कार्यालयको प्रादेशिक गोदामघर बुटवलमा

बिहिवार , फाल्गुण १०, २०८०

बुटवल, १० फागुन ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश कार्यालयको प्रादेशिक गोदामघर  बुटवलमा उद्घाटन गरिएको छ । ब्रीटिस रेडक्रसका अन्तर्राष्ट्रिय कार्यकारी निर्देशक शक रिचार्ड वेलवीटले कार्यालयको भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । रेडक्रसका संस्थापक हेनरी ड्युनाको तस्बिर देखाउँदै उनले ड्युनाको बाटोमा हिड्न सबैलाई प्रेरणा मिल्नुपर्नेमा जोड दिए ।

लुम्बिनी र कर्णाली प्रदेशलाई भर्चुअल माध्यमबाट जोडिएको बताउँदै अझै बृहत रुपमा जोड्दै समाजसेवालाई जोड्नु अहिलेको आवश्यकता रहेको उनले बताए । 

त्यस्तै नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका अध्यक्ष लाल प्रसाद पंगेनीले रेडक्रसका सदस्यहरुलाई क्षमतावान बनाउन आवश्यकता रहेको बताउँदै सधै समाजमा सहयोगको भावना राख्नुपर्नेमा जोड दिए ।

समुदायमा व्यक्तिहरुको स्वास्थ्य अवस्थालाई सुधार गर्दै समुदाय निर्माणको लागि पहल गर्न ईच प्रोजेक्टको लागू भएको उनले जानकारी दिए । ईच प्रोजेक्ट कर्णाली प्रदेशका कालीकोट र दैलेख र लुम्बिनी प्रदेशका अर्घाखाँची र गुल्मी जिल्लाका एक/एक पालिका गरी ४ वटा पालिकामा कार्यक्रम सञ्चालन गरिने उनले बताए ।