
शुक्रवार , फाल्गुण ११, २०८०
भैरहवा, ११ फागुन ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले सिद्धार्थनगर नगरपालिका–८ नारायणस्थानस्थित श्री रुपन्देही लीलाराम माध्यमिक विद्यालयलाई बोरिङ ट्युबवेल धारा हस्तान्तरण गरेको छ ।
रोटरीको ११९ औं स्थापना दिवसको अवसर पारेर सामाजिक सेवा कार्यक्रम अन्तर्गत विद्यालयलाई उक्त धाराहरु हस्तान्तरण गरिएको क्लबका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । विद्यार्थीहरुले स्वच्छ खानेपानी पिउन सकुन् भन्ने उद्देश्यले झण्डै २ लाख रुपैयाँको लागतमा धाराहरु जडान गरी बिहीबार एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी इन्टरनेशनल रिजन ५ ३२ का असिस्टेन्ट गभर्नर रविलाल पोखरेलले रोटरी लुम्बिनी सिद्धार्थनगरले राम्रो काम गरेर र आगामी दिनमा निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुप कुमार रायमाझी, विद्यालय व्यवस्थापन समिति सदस्य सीता काफ्ले, शिक्षक शिला पाण्डे, रोटरी काउन्सिल चेयर डा. शान्त कुमार शर्मा, ओम जैसीलगायतले धारणा राखेका थिए ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरकी सचिव सरिता रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
विद्यालयमा धारा जडान कार्यमा समाजसेवी नेवास अली मुसलमानको सहयोग समेत रहेको क्लबले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij