२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

बसडिलवा टोल विकास समितिद्वारा सरसफाई

शनिवार , फाल्गुण १२, २०८०

  • 571
    Shares
  • 571
    Shares
  • भैरहवा, १२ फागुन । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ स्थित बसडिलवा टोल विकास समितिले सरसफाई कार्यक्रम गरेको छ ।

    बसडिलवा  टोललाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यसहित  सरसफाई कार्यक्रम गरिएको बसडिलवा टोल विकास समितिका अध्यक्ष कुल प्रसाद काफ्लेले जानकारी दिए ।

    शनिवार बिहान बसडिलवा टोलभित्र रहेका चोक, बाटो र त्यस आसपासका भित्री मार्गमा सरसफाइ गरिएको हो ।

    सरसफाई कार्यक्रममा मायादेवी गाउँपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडा अध्यक्ष चोक बहादुर थापा,  टोल विकास समितिका पदाधिकारीसहित स्थानीयबासीको उत्साहजनक सहभागीता रहेको थियो ।