images

सोमवार, बैशाख १७ गते २०८१

रेडक्रस बेलहियाद्वारा आयोजित रक्तदान कार्यक्रममा ४३ प्वाइन्ट रगत संकलन

रेडक्रस बेलहियाद्वारा आयोजित रक्तदान कार्यक्रममा ४३ प्वाइन्ट रगत संकलन

images
images
images
शनिवार, फाल्गुण १२ २०८०
शनिवार, फाल्गुण १२ २०८०
  • रेडक्रस बेलहियाद्वारा आयोजित रक्तदान कार्यक्रममा ४३ प्वाइन्ट रगत संकलन

    भैरहवा, १२ फागुन ।

    images

    ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी, बेलहिया उप–शाखा, रुपन्देहीको आयोजनामा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

    सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयको सहकार्यमा बेलहियास्थित विशाल बजारमा भएको कार्यक्रममा ४३ प्वाइन्ट रगत संकलन भएको रेडक्रस बेलहिया उप–शाखाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक पंकज उदासले बताए ।

    कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी रुपन्देही कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले रेडक्रस मानवीय सेवामा समर्पित संस्था भएको बताए । उनले भने, ‘रेडक्रसले समयानुकुल रक्तदान कार्यक्रम सञ्चालन गरेर रगतको अभाव हुन नदिइ बिरामीको ज्यान जोगाउन महत्वपूर्ण र पवित्र कार्य गर्दै आएको छ ।’

    रेडक्रस बेलहिया उपशाखाका अध्यक्ष राकेश गुरुङ्गको सभापतित्व तथा रेडक्रस रुपन्देहीका कोषाध्यक्ष सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल भन्सार एजेण्ट महासंघ नेपालका पूर्व केन्द्रिय अध्यक्ष डा. शान्त कुमार शर्मा, रेडक्रस सोसाइटी बेलहिया उपशाखाका पूर्वअध्यक्ष देवराज न्यौपाने, भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थी, रेडक्रस बेलहिया उपशाखाका निवर्तमान अध्यक्ष सुमन शर्मा लगायतले मानव जीवनमा रगतको महत्व, मानवीय कार्यमा रेडक्रसले निर्वाह गरेको भूमिकाको बारेमा भनाइ राखेका थिए ।

    कार्यक्रम संयोजक पंकज उदासकोे स्वागत तथा रेडक्रस बेलहिया उप–शाखाका सचिव माधव शर्माको सञ्चालनमा भएको
    कार्यक्रममा सशस्त्र प्रहरी डण्डा गुल्मका प्रमुख पुरुषोत्तम भण्डारी, सिद्धार्थनगर नगरपालिका–१ का वडा सदस्य मिन बहादुर गुरुङ्ग, बेलहिया गाउँ समाजका अध्यक्ष सुमित प्रधान, ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद विष्ट, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव कृष्ण प्रसाद घिमिरे, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेत, आफन्त नेपालका संयोजक अर्जुन गिरी, गृहलक्ष्मी समुहका अध्यक्ष मन्जु शर्मा, सोट्टो नेपाल लुम्बिनी प्रदेशका श्रीचन्द गुप्ता, नेपाल भारत मैत्री संघका अध्यक्ष पशुपति कान्दु, सिद्धार्थ उपशाखाका मनोज अग्रवाल, समाजसेवी दिपक कुँवर, मोहनसिंह शाही, मनु गुरुङ्ग, देवी न्यौपाने, ऋषिराम पाण्डेय ओजश शर्मा, रक्त सञ्चार केन्द्र भैरहवाका शान्ता कुँवरलगायतको उपस्थिति रहेको थियो । 

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij