२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

निःशुल्क दन्त परीक्षण तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

शनिवार , फाल्गुण १२, २०८०

  • 931
    Shares
  • 931
    Shares
  • रुपन्देही, १२ फागुन ।
    ११९ औं ‘रोटरी डे’ को अवसरमा रोटरी क्लब अफ तिनाउ बुटवलले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुको साथै उनीहरुको दन्त परिक्षण गरेको छ । क्लबले तिलोत्तमाको हाम्रो सगरमाथा आधारभूत विद्यालयका बालबालिकाको निःशुल्क दन्त परीक्षणसहित शैक्षिक सामग्री वितरण गरेको हो । दन्त परीक्षणमा रोटरी क्लब अफ लुम्बिनी स्टार्सले सहकार्य गरेको थियो भने समाज डेन्टलले प्राविधिक सहयोग गरेको थियो । 

    कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२ का एसिस्टेन्ट गभर्नर यादव भण्डारीले रोटरी क्लब तिनाउ बुटवलले स्वास्थ्य र शिक्षाको क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले क्लबले दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका समुदायका बालबालिकाहरुले अध्ययन गर्ने हाम्रो सगरमाथा आधारभुत विद्यालयमा गरेको निरन्तर सहयोगले बालबालिकाहरुलाई विद्यालयसम्म पुग्न प्रेरित गर्दै आएको बताए ।

    पछिल्लो समय बजारमा प्याकेटमा तयार गरी राखिएका खाना खाजाका कारण बालबालिकाहरुको स्वास्थ्यसँगै दाँतमा किरा लाग्ने, कमजोर हुने जस्ता समस्या देखिने गरेकोले यस्ता शिविरले दाँतको नियमित सरसफाई र सुरक्षाका लागि सचेत बनाउने बताए । 

    कार्यक्रममा क्लबका एडभाईजर एवं डिष्ट्रिक कन्फ्रेन्स कमिटी चेयर एजाज आलम, रोटरी डे सेलिब्रेसन कमिटी चेयर राजेन्द्र ढकाल लगायतले रोटरी क्लब अफ तिनाउ बुटवलले गर्दै आएका कामहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

    क्लबका अध्यक्ष अमृता भुसालको अध्यक्षता, सचिव अनिता भुसालको सञ्चालन तथा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष ध्रुव कोइरालाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।