images

सोमवार, बैशाख १७ गते २०८१

साई ग्लोबल कप : सेन्टजोसेफ र राममणि क्याम्पस विजयी

साई ग्लोबल कप : सेन्टजोसेफ र राममणि क्याम्पस विजयी

images
images
images
शनिवार, फाल्गुण १२ २०८०
शनिवार, फाल्गुण १२ २०८०
  • साई ग्लोबल कप : सेन्टजोसेफ र राममणि क्याम्पस विजयी

    भैरहवा, १२ फागुन ।
    जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’ मा शनिबार भएका दुई खेलमा सेन्टजोसेफ इङ्गलिस बोर्डिङ हाई स्कूल र राममणि क्याम्पस विजयी भएका छन् । सेन्टजोसेफले लुम्बिनी बुद्धिष्ट क्याम्पसलाई ६ विकेट र राममणिले खुदाबगर आदर्श क्याम्पसलाई ३३ रनले पराजित गर्दै जीत निकालेका हुन् ।

    images

    रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी बुद्धिष्टले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनको सामान्य योगफल बनायो । उसका लागि बिष्णु कटरिया र अमित गौडले १५–१५ तथा अजय रसाइलीले १३ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा सेन्टजोसेफका अभिषेख गौतम र कृष्ण गिरीले ३–३ तथा ओसम खान र रञ्जित खत्रीले समान २–२ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको सेन्टजोसेफ १२ दशमलव ५ ओभरमा ४ विकेटको नोक्सानीमा ८५ रन बनाउँदै जीत निकाल्यो । उसको जितमा सुशान्त खरेलले नटआउट ३४ तथा रञ्जित खत्रीले २३ रन बनाए । 

    बलिङमा लुम्बिनी बुद्धिष्टका अजय रसाइलीले २ तथा बिष्णु कटरिया र दीपेन्द्र कुर्मीले समान १–१ विकेट लिए । खेलमा अभिषेश गौतम म्यान अफ द म्याच भए ।

    त्यस्तै अर्काे खेलमा टस जितेर ब्याटिङ गरेको राममणिले निर्धारित खेलमा ९ विकेट गुमाउँदै १४९ रनको बलियो योगफल बनायो । उसका लागि मनिष थापाले ७८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै यम क्षेत्रीले २९ रन जोडे । बलिङमा खुदाबगरका शिवनाथ यादवले ३, शैलेश यादव र आरिफ खानले २–२ तथा सन्नी चौहान र सम्सु खानले १–१ विकेट लिए ।

    जवाफमा मैदान उत्रिएको खुदाबगरले पुरै ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर जम्मा ११६ रन मात्रै बनायो र हार ब्यहोर्याे । उसका लागि अयोध्या साहनीले २५, शैलेश यादवले १९, समीर अली र सुनिल कुर्मीले १२–१२ रन बनाए । बलिङमा राममणिका अशिम भण्डारीले ४, थमन सिंजाली र मनिष थापाले २–२ तथा यम क्षेत्री र एरिक केसीले १–१ विकेट लिए । खेलमा मनिष थापा म्यान अफ द म्याच भए ।

    IMG-20240224-WA0013.jpg

    रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमीले प्रमुख प्रायोजनमा जारी प्रतियोगिताका विजेता टीमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

    त्यस्तै, उपविजेता टीमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टीमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ वटा टीम सहभागी छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij