२०८२, माघ २५ गते

Feb 08 2026 | २०८२, माघ २५ गते

स्ववियु भैरहवा बहुमुखी क्याम्पसद्वारा स्वागत, विदाई एवं पुरस्कार वितरण

शनिवार , फाल्गुण १२, २०८०

  • 1000
    Shares
  • 1000
    Shares

  • भैरहवा, १२ फागुन ।
    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर–१२, रुपन्देहीले स्वागत, विदाई एवं पुरस्कार वितरण कार्यक्रम गरेको छ । स्ववियुले शुक्रबार क्याम्पस प्रांगणमा कार्यक्रम गरी नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत, स्नातक तहको अध्ययन पूरा गरेको विद्यार्थीहरुलाई विदाई तथा माघ २८ देखि फागुन १० गतेसम्म भएको खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको स्ववियु अध्यक्ष सागर न्यौपानेले बताए ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी प्रसाद चौधरीले स्ववियुले आयोजना गरेको कार्यक्रम उत्कृष्ट र महत्वपूर्ण रहेको बताए । उनले भने, ‘विद्यार्थीहरुको भूमिका बाहिरबाट हेर्दा सामान्य रुपमा पढ्न जान्छन् भन्ने छ । तर, विद्यार्थीहरुको भूमिका बढी छ । ’

    नेकपा (एमाले) संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक समेत रहेका नेता चौधरीले नेपालको भाग्य र भविष्य विद्यार्थीहरुमा निर्भर हुने बताए । 

    Bmc.jpg

    त्यस्तै भैरहवा बहुमुखी क्याम्पसका पूर्व स्ववियु सचिव एवं नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापा, पूर्व स्ववियु उपाध्यक्ष एवं सिद्धार्थनगर–९ का पूर्व वडा सदस्य उमेश थापा लाटोमगर, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लुम्बिनी प्रदेश उपाध्यक्ष एवं सिद्धार्थनगर–१२ का पूर्व वडा सदस्य सरोज ठकुरी लगायतले भनाइ राखेका थिए ।

    स्ववियु भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सागर न्यौपानेको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी प्रसाद चौधरीको प्रमुख आतिथ्यता, स्ववियु उपाध्यक्ष सुनिल खनालको स्वागत तथा सदस्य आशिष पन्त र मोहित चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।