images

सोमवार, बैशाख १७ गते २०८१

रुपन्देहीका ९ वटा पालिकामा दादुरा-रुबेला खोप अभियान सुरु

रुपन्देहीका ९ वटा पालिकामा दादुरा-रुबेला खोप अभियान सुरु

images
images
images
आइतवार, फाल्गुण १३ २०८०
आइतवार, फाल्गुण १३ २०८०
  • रुपन्देहीका ९ वटा पालिकामा दादुरा-रुबेला खोप अभियान सुरु

    भैरहवा, १३ फागुन । रुपन्देहीका ९ वटा पालिकामा दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । जिल्लामा रहेका १६ वटै पालिकामध्ये पहिलो चरणमा ९ वटा पालिका अन्तरगतको स्वास्थ्य शाखाको संयोजनमा पालिकाले तोकेका खोप केन्द्रमार्फत खोप लगाइँदैछ । 

    images

    रुपन्देहीमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, सियारी, शुद्धोधन, गैडहवा र ओमसतिया गाँउपालिकामा दादुरा रुबेलाविरुद्धको खोप लगाइँदैछ । 

    बुटवल उपमहानगरपालिकाले बुटवल–११ मा रहेको प्रगति माविबाट सुरु गर्दैछ । यता सियारी गाउँपालिकाले सियारी–४ स्थित छपिया आधारभूत विद्यालयबाट कार्यक्रम सुरु गर्न लागेको स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए ।

    पहिलो चरणमा आजदेखि १७ गतेसम्म खोप लगाइँदैछ भने दोस्रो चरणमा २० देखि २४ गतेसम्म लगाइँदैछ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij