images

सोमवार, बैशाख १७ गते २०८१

सांसद् बनियाको आग्रह : निराशाका कुरा मात्र नगरौं

सांसद् बनियाको आग्रह : निराशाका कुरा मात्र नगरौं

images
images
images
आइतवार, फाल्गुण १३ २०८०
आइतवार, फाल्गुण १३ २०८०
  • सांसद् बनियाको आग्रह : निराशाका कुरा मात्र नगरौं

    भैरहवा, १३ फागुन ।
    लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले निराशाका कुरा मात्रै नगर्न आग्रह गरेका छन् । उनले मानिस ज्ञानी, संघर्षशील प्राणी भएकोले निराशाका कुरा मात्र गर्न नहुने बताए । सन शाइन आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर-८, रुपन्देहीको ४२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहमा बोल्दै सांसद् बनियाले यस्तो बताएका हुन् ।

    images

    उनले भने, ‘यो देशमा समस्या छ । विकासमा थुप्रै प्रकारका बाधा छन् । यो देश जुन गतिले अगाडि बढ्नुपर्ने हो । बढ्न सकेको छैन । तर, हामी निराशा हुनुहँदैन ।’

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलका उपनेता समेत रहेका सांसद् बनियाले हामी यो देशमा केही गछौं भन्ने अठोटका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले आफू दृढ संकल्पका साथ अघि बढेको र यो बढ्नुमा आफूले पाएको शिक्षा र गुरुवर्गको भूमिका महत्वपूर्ण रहेको बताए ।

    उनले भने, ‘मैले जुन विद्यालयमा अध्ययन गरे त्यही विद्यालयमा अतिथिको रुपमा बोल्न पाएको छु । विद्यालयमा प्रवेश गर्दा मलाई आफ्नो बाल्यकालको याद आयो । म भावुक भएँ । गुरुवर्गहरुले मिहिनेत र संघर्षका साथ अघि बढ्न सिकाउनुभयो । बाटो देखाउनुभयो । आज त्यही बाटोमा हिंडिरहेका छौं ।’

    विदेश जाने अवसर हुँदाहुँदै यो देशमा केही गर्छु भन्ने उद्देश्य बोकेर अघि बढ्नु स्वागतयोग्य कार्य भएको उनको भनाइ छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij