images

सोमवार, बैशाख १७ गते २०८१

सन शाइनले मनायो ४२ औं वार्षिकोत्सव

सन शाइनले मनायो ४२ औं वार्षिकोत्सव

images
images
images
आइतवार, फाल्गुण १३ २०८०
आइतवार, फाल्गुण १३ २०८०
  • सन शाइनले मनायो ४२ औं वार्षिकोत्सव

    भैरहवा, १३ फागुन ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित सन शाइन आवासीय माध्यमिक विद्यालयले ४२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ । वि.सं. २०३८ सालमा स्थापना भएको विद्यालयको शनिबार एक समारोहकाबीच वार्षिकोत्सव एवं अभिभावक दिवस मनाइएको विद्यालयका संस्थापक प्राचार्य तथा अध्यक्ष डा. ज्ञानदेव हटुवालले बताए ।

    images

    समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले युवाहरुलाई रोक्न सरकारले बनाउने नीति र कानून मात्रै पर्याप्त नहुने धारणा राखे । उनले यसका लागि समाज र अभिभावकको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए । उनले भने, ‘युवाहरुलाई स्वदेशमै रोक्न सरकारले नीति तथा कानून बनाउँछ । तर, कानूनले मात्र युवा रोकिदैनन्, यसका लागि समाज र अभिभावकको भूमिका आवश्यक छ । पैसाले व्यक्तिको मूल्यांकन र तुलना गर्नुहुँदैन । अभिभावकहरुले निराशाका कुरा गर्दा त्यसले सन्तानमा पनि नकारात्मक असर पुग्छ ।’

    उनले विदेश जाने मान्छे मात्र ठूलो र महान हुन्छ भन्ने जस्तो दृष्टिकोण तथा विचार बनाइएको भन्दै पैसाले व्यक्तिको तुलना र मूल्यांकन गर्न नहुने बताए । 

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले सकारात्मक सोच विश्वको लागि सबैभन्दा ठूलो चुनौति रहेको बताए । सकारात्मक सोचका साथ अघि बढे मात्र जीवनको लक्ष्य प्राप्त गर्न सकिने उनले बताए ।

    ssss.jpg

    त्यस्तै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.)ले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे । उनले आफूले सन शाइन आवासीय माविमा अध्ययन गरेको र विद्यालयको वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथिको रुपमा बोल्न पाउँदा खुसीको अनुभुति भएको बताए । मन्त्री गुप्ताले भने, ‘शिक्षा क्षेत्रको विकास अपरिहार्य छ । विद्यालयको लागि सामाजिक विकास मन्त्रालयबाट विद्यालयका लागि केही काम गर्न सकौं भन्ने सोच छ । आमाबुवासँगै शिक्षकशिक्षिका हाम्रो भगवान हुन् । यो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले भविष्यमा प्रधानमन्त्री बन्छु भन्ने सोचका साथ अघि बढ्नुपर्छ ।’

    त्यसै गरी लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले निराशाका कुरा मात्रै नगर्न आग्रह गरे । उनले भने, ‘मैले जुन विद्यालयमा अध्ययन गरे त्यही विद्यालयमा अतिथिको रुपमा बोल्न पाएको छु । विद्यालयमा प्रवेश गर्दा मलाई आफ्नो बाल्यकालको याद आयो । म भावुक भएँ । गुरुवर्गहरुले मिहिनेत र संघर्षका साथ अघि बढ्न सिकाउनुभयो । बाटो देखाउनुभयो । आज त्यही बाटोमा हिंडिरहेका छौं ।’

    सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले शिक्षकशिक्षिकाकै कारण आफू यहाँसम्म आइपुगेको बताइन् । उनले भनिन्, ‘आफ्ना अधिकारका लागि लड्नुपर्छ ।’

    सिद्धार्थनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीले सन शाइन नयाँ चिन्तन र सोचका साथ अघि बढेको बताए । उनले विदेश पलायन हुने युवाहरुको संख्या बढेकाले युवाहरुलाई स्वदेशमै रोक्न पाइला चाल्नुपर्ने बताए ।

    सन शाइन आवासीय माविका प्राचार्य निकेश देव हटुवालले हालसम्म विद्यालयबाट ३ हजार ३ सय ३३ जनालेएसईई परीक्षा र २०७९ जनाले प्लस टु परीक्षा उत्तीर्ण भएको जानकारी दिए । 

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का पूर्व वडाअध्यक्ष मिलन बस्नेत, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थी, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका प्रमुख शान्ति सुवेदी, अभिभावक इन्दिरा कुवर, विद्यार्थी प्रासना न्यौपाने, साहित्यकार डिल्लीराज भट्टराईलगायतले बोलेका थिए ।

    विद्यालयका संस्थापक प्राचार्य तथा अध्यक्ष डा. ज्ञानदेव हटुवालको सभापतित्व, प्राचार्य निकेश देव हटुवालको स्वागत तथा शिक्षक दीपक गलामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति रहेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij