२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

संसदको लोगो लगाएर मुलुकको परिवर्तित व्यवस्थाकाबिरुद्ध बोल्नु उचित हुदैन : सांसद सापकोटा

आइतवार , फाल्गुण १३, २०८०

काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदको लोगो लगाएर मुलुकको परिवर्तित व्यवस्थाकाबिरुद्ध बोल्नु उचित नहुने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधानको प्रस्तवनामै सार्वभौमसत्ता सम्पन्न नेपाली जनता लेखिएको भन्दै संसदको लोगो लगाएर व्यवस्थाको बारेमा बेलाबखत चाहिने भन्दा ज्यादा अर्नगल प्रचारबाजीहरु गर्ने काम भएको बताएका हुन् ।

उनले संविधानमाथि माथि गएर संसदमा बहस गर्ने अधिकार कसैलाई पनि नभएको उल्लेख गरे । संविधान अनुसार बेला बेला मन्त्री पनि हुने तर संविधानलाई ध्वंश तुल्याउने काम स्वीकार्य नहुने उनले बताए । उनले संसदभन्दा माथि राजतन्त्रको वकालत हुन नसक्ने जिकिर गरे ।

लगतै बिशेष समयमा बोल्नुभएका राप्रपा सांसद ज्ञान बहादुर शाहीले बिचार मिल्दैन भन्दैमा सांसदको राजीनामा माग्न नपाउने व्यवस्था रहेको बताउनुभयो । उहाले संविधानको धारा १०३ मा सांसदहरुमा वाक स्वतन्त्रता रहेको जिकिर गर्नुभयो । देशको व्यवस्थाका बिषय संशोधनीय रहेको उनको भनाइ छ ।

आफुलाई जुम्लाका जनताले चूनिएर पठाएको भन्दै आफुले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको उनले बताए । शाहीले बोल्दै गर्दा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ती गरे ।