
आइतवार , फाल्गुण १३, २०८०
काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कमिशनको खेलमा नेपाल वायुसेवा निगमले जहाज किन्न खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा खतिवडाले अहिले उत्पादन नै बन्द भइसकेका पुराना बिमान निगमले किन्ने तयारी गरिरहेको भन्दै यसमा कमिशनको खेल भएको बताएका हुन् । उनले वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीहरुलाई करार र ज्यालादारीमा नियुक्त गरेर राखिएको र हाजिर गरेर हिँडेपछि पुग्ने गरी नियुक्तिको व्यवस्था गरिएको आरोप लगाए ।
खतिवडाले लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामालाई नियुक्ती गरेको भन्दै यसले सरकारको सुशासनको अभियानलाई खिल्लि उडाएका बताए । सरकारका मन्त्री व्यक्तिगत स्वार्थका आधारमा चल्दा मुलुक अघि बढ्न नसक्ने उनले बताए ।
त्यस्तै एमाले सांसद भीम आचार्यले पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नगरेर सरकारले त्रिभुवन विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिन खोजेको बताए । उनले भैरहवा विमानस्थललाई सञ्चालन गर्न सरकारले नै चासो नदिइएको तर्क गरे ।
उनले त्रिभुवन विमानस्थलको जिम्मा निजी क्षेत्र दिनका लागि हवाई माफीयाहरु सक्रिय रहेको जिकिर गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij