images
images

मंगलवार, जेठ ८ गते २०८१

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको अधिवेशन फागुन २० मा

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको अधिवेशन फागुन २० मा

images
images
images
आइतवार, फाल्गुण १३ २०८०
आइतवार, फाल्गुण १३ २०८०
  • अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको अधिवेशन फागुन २० मा

    सिओल, १३ फागुन ।
    कोरियामा रहेका अर्घाखाँचीका नेपालीहरुको संस्था अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले आगामी फागुन २० गते आइतबार सातौं अधिवेशन गर्ने भएको छ । कोरियालाई कर्मथलो बनाएका जिल्लाबासीहरुले सन् २०१० मा स्थापना गरेको उक्त संस्थाको नियमित कार्यक्रम तथा अभ्यास अन्तर्गत अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष हिमाल खनालले जानकारी दिए ।

    images
    images
    images

    दोङदेमुनमा रहेको नेपाली थाई रेष्टुरेष्टको सभाहलमा फागुन २० (मार्च ३) मा आयोजना हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संस्थाका सह–सचिव माधव खनालले जानकारी दिए । अधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

    कोरियामा रोजगारी, भाषा, स्वास्थ्य समस्या, कार्यस्थल परिवर्तनका समयमा आईपर्ने विभिन्न समस्या समाधानका लागि संस्थाले सहजीकरण गर्दै आएको छ । संस्थाले कोरियामा रहेका नेपालीहरुलाई सहयोग गर्नुका साथै जिल्लाको पर्यटकीय, शैक्षिक लगायतका विकासमा पनि हातेमालो गर्दै आएको संस्थाका पूर्वअध्यक्ष सुन्दर पन्थीले बताए ।

    अर्घाखाँचीबाट कोरियालाई कर्मथलो बनाएकाहरुको संख्या करिब ३ हजार हुन सक्ने संस्थाको अनुमान छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij