images

सोमवार, बैशाख १७ गते २०८१

लुम्बिनी प्रादेशिक अस्पतालमा डुओडेनोस्कोपी सेवा

लुम्बिनी प्रादेशिक अस्पतालमा डुओडेनोस्कोपी सेवा

images
images
images
आइतवार, फाल्गुण १३ २०८०
आइतवार, फाल्गुण १३ २०८०
  • लुम्बिनी प्रादेशिक अस्पतालमा डुओडेनोस्कोपी सेवा

    बुटवल, १३ फागुन । 
    रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सेवालाई विशिष्टीकृत गर्ने क्रममा आइतबारदेखि थप नयाँ प्रविधिबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालमा डुओडेनोस्कोपी सेवा सञ्चालनमा आएको हो । 

    images

    यो प्रविधिको माध्यमबाट पित्त नली, सानो आन्द्रा लगायत पेटभित्र रोग तथा संक्रमणलाई दुरबिनको माध्यमबाट उपचार गर्न सहज हुने अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. सुदर्शन थापाले बताए । यो प्रविधिअनुसार आइतबार रुपन्देहीका ५५ र ७४ वर्षीया दुई जना महिलाको स्वास्थ्य परीक्षण गरी सेवा शुभारम्भ गरिएको मेसु डा. थापाले जानकारी दिए । 

    अस्पतालका डा. मोहन भुसालको नेतृत्वमा रहेको टोलीले मेसु डा. थापासहित डा. रामप्रसाद अर्याल, स्टाफनर्स माया ढकाल लगायतको सहयोगमा डुओडेनोस्कोपी गरेको हो । 

    यो प्रविधिमा बिरामीको मुखबाट पातलो ट्यूब (एन्डोस्कोप) वा नाकको माध्यमबाट अन्ननली हुँदै पेटको स्तरसम्म घुसाएर क्यामेरामा हेर्ने गरिन्छ । पीत्त नली, सानो आन्द्रा लगायतमा हुने संक्रमण पहिचान गर्न यसले सहज हुने डा. भुसाल बताउँछन् । यो प्रविधि यस क्षेत्रमै पहिलो भएको बताउँदै उनले प्रादेशिक अस्पतालमा उपचार सेवा थप प्रभावकारी हुने दावी गरे । यो प्रविधिसँगै केही समयमा इआरसीपी सेवा समेत सञ्चालन गर्ने तयारी रहेको मेसु डा. थापाले जानकारी दिए ।  

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij