
सोमवार , फाल्गुण १४, २०८०
रुपन्देही, १४ फागुन ।
राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी प्रदेश कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । संघका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुरज खरेलको अध्यक्षता, नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा युवा संघका केन्द्रिय इञ्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा रुपन्देहीको बुटवलस्थित पुष्पलाल स्मृति भवनमा बैठक सम्पन्न भएको हो ।
बैठकले विभिन्न प्रस्तावहरुमाथि रिर्पोटिङ, कार्यालय स्थापना तथा सञ्चालन, सर्कुलर अध्ययन, आर्थिक प्रतिवेदन, खाता सञ्चालन, मातहतका कमिटिको बैठक तथा अधिवेशन, सदस्य मनोनयन तथा विदाई, कार्यविभाजन, सातै प्रदेश सातै दिन भेला सम्बन्धमा छलफल भएको थियो ।
बैठकमा संघका केन्द्रिय उपाध्यक्ष रमेश तिवारी, महासचिव सुमन पुरी, एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, संघका केन्द्रिय सचिव खेमराज शर्मा लुम्बिनी प्रदेश इञ्चार्ज केशव रोका, युवा इञ्चार्ज तुलबहादुर अधिकारी, सह–इञ्चार्जहरू जीवन अधिकारी, प्रितम पौडेल, स्थायी कमिटी सदस्य तथा केन्द्रिय कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियोे ।
बैठकमा प्रदेशभित्रका १२ वटै जिल्ला कमिटी अध्यक्षहरुले आ–आफनो जिल्लाको संगठनात्मक विषयमा लिखित रुपमा रिर्पोटिङ पेश गरेका थिए भने राष्ट्रिय युवा संघ नेपालको प्रदेश कार्यालय रुपन्देहीको बुटवलमा स्थापना गर्ने निर्णय भएको छ ।
केन्द्रिय कमिटीले जारी गरेको सर्कुलरहरु मातहत कमिटीका पदाधिकारी, तथा जिल्ला कमिटीका अध्यक्षलाई पठाइएको र त्यसको गहन अध्ययन गर्न र प्राप्त निर्देशनलाई आ–आफनो कार्यक्षेत्रमा सिर्जनात्मक कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको निर्देशन अनुसार भुकम्पप्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा राहत तथा पुननिर्माणमा सहभागी हुने सुरज खरेल, किरण नेपाल, विक्रम खनाल, पि.यस पुन, शोभाखर पाण्डेय, ज्ञानेन्द्र ओली, कमल क्षेत्री, मोहनजंग पौडेल, बिशेक थापा लगायतलाई बधाई दिएको छ ।
राष्ट्रिय युवा संघ नेपालको प्रदेश कमिटीलाई पुर्णता दिदै विभिन्न विभागहरू समेत गठन गरिएको छ । जसमा प्रचार विभाग प्रमुखमा कृष्णप्रसाद पाण्डे (अर्घाखाँची), युवा विज्ञ परिषद् प्रमुखमा राजेश भट्टराई (पाल्पा), संगठन विभाग प्रमुखमा रविशंकर वर्मा (बाँके), उपप्रमुखमा चन्द्र प्रसाद पन्थ (गुल्मी), महिला विभाग प्रमुखमा पार्वता भुसाल पाण्डे (अर्घाखाँची), सचिवमा अनिशा पौडेल (रुपन्देही), युथफोर्स विभाग प्रमुखमा मनोज थापा (रुपन्देही), उपप्रमुखमा लिल राना लोक (रुपन्देही), साइबर सर्कल विभाग प्रमुखमा शंकर पाण्डे (रुपन्देही), उपप्रमुखमा अभिनभ भुसाल (अर्घाखाँची), खेलकुद विभाग प्रमुखमा दिपक के. सी.(दाङ), स्वयंसेवा विभाग प्रमुखमा राकेश बुढाथोकी गोल्डेन (दाङ) र उपप्रमुखमा प्रकाश पौडेल (अर्घाखाँची) रहेका छन् ।
त्यस्तै खेलकुद विभाग प्रमुखमा दिपक के.सी. (दाङ), स्वयंसेवा विभाग प्रमुखमा राकेश बुढाथोकी गोल्डेन (दाङ) र उपप्रमुखमा प्रकाश पौडेल (अर्घाखाँची) रहेका छन् ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटीको निर्देशन बमोजिम सातै प्रदेश सातै दिन भन्ने बृहत युवा भेला तथा विरोध प्रदर्शन चैतको दोस्रो साता गर्ने निर्णय समेत गरेको युवा संघले जनाएको छ ।
बैठकले कपिलवस्तु, पाल्पा र गुल्मी जिल्लाको अधिवेशन चैत मसान्तभित्र सम्पन्न गरिसक्ने साथै बाँकी जिल्लाहरुलाई चैत १५ गतेभित्र जिल्लाको पूर्ण बैठक आयोजना गर्न समेत निर्देशन दिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटीलाई पूर्णता दिन अनिशा पौडेल, विक्रम पौडेल, शान्ति पौडेल, सुमन घिमिरे, शंकर पाण्डे, किरण क्षेत्री, कृष्ण प्रसाद पाण्डे, स्मन कडेल, युद्ध पुरी, जागेन्द्र बुढा, मनोज थापा, राजेश भट्टराई, लिल राना लोकेलाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij