images
images

आइतवार, जेठ ६ गते २०८१

भेटेरिनरी शिक्षण अस्पताल अन्य ठाउँमा स्थानान्तरणको स्थानीयद्वारा विरोध

भेटेरिनरी शिक्षण अस्पताल अन्य ठाउँमा स्थानान्तरणको स्थानीयद्वारा विरोध

क्याम्पस प्रमुखको कार्यालयमा अनिश्चिकालिन तालाबन्दी

images
images
images
आइतवार, फाल्गुण २ २०७७
आइतवार, फाल्गुण २ २०७७
  • भेटेरिनरी शिक्षण अस्पताल अन्य ठाउँमा स्थानान्तरणको स्थानीयद्वारा विरोध

    भैरहवा, २ फागुन ।
    भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको हाताभित्र रहेको पशु चिकित्सा शिक्षण अस्पताल (भेटेरिनरी अस्पताल) अन्य ठाउँमा स्थानान्तरण गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । उनीहरुले षडयन्त्रपूर्वक विभिन्न बहानामा यस क्षेत्रकै गौरव पशु शिक्षण अस्पताल अन्यत्र सार्ने विषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

    images
    images
    images

    भेटेरिनरी अस्पतालको सम्पूर्ण संरचना तयार भइ पूर्ण रुपमा सञ्चालन नभएसम्म कुनै पनि बहानामा अस्पतालको युनिट, एक्सटेन्सन, कम्युनिटी आउटरिच प्रोगामको नाउमा अन्य ठाउँमा निर्माण गर्न खोज्ने र चाहने कार्य आफुहरुलाई मान्य नहुने स्थानीय सुशील गुरुङले बताए । उनले पक्लिहवा कृषि क्याम्पसको अहित र विपरीत हुने गरी त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद, कृषि र पशु विज्ञान अध्ययन संस्थान, डिनको कार्यालयले यस विषयमा गरेको आफ्नो सम्पूर्ण निर्णय र अन्य नगरपालिकासंग जग्गा प्राप्तीको नाउमा भएको सहमति यथाशिघ्र खारेज गर्न माग गरे ।  

    ‘अन्य नगरपालिकासंग जग्गा प्राप्तिको नाउँमा गरिएको गोप्य सहमति (एम.ओ.ई.) यथाशिघ्र खारेज गरी अन्य ठाउँका लागि हालै भएको बजेट निकासा समेत यसै पक्लिहवा कृषि क्याम्पसको खातामा रकमान्तरण नभएसम्म, यसको लिखित जानकारी हामीले प्राप्त नगरेसम्म हाम्रो आन्दोलन जारी रहनेछ, गुरुङले भने ।

    तराईकै उर्वरभुमि रहेको र डण्डा खोलाको किनारमा एउटै प्लटमा ५२ विगाहामा फैलिएको जिल्लाको केन्द्रको रुपमा रहेको यस क्षेत्रबाट कंक्रिट नै कंक्रिट वस्तीमा स्थानान्तरण गरिदैछ भन्ने विषय गम्भिर र रहस्यपूर्ण रहेको उनको भनाइ छ ।

    ‘पाँच वर्षअघि नै अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) र नक्सा समेत तयार भइसकेको अवस्थामा नेपाल सरकारबाट प्रारम्भिक बजेटको रुपमा तीन करोड रुपैयाँ विनियोजन भइसक्दा पनि षड्यन्त्रमुलक ढंगले क्याम्पस प्रशासनले केही नगर्ने र बजेटलाई फ्रिज गर्ने, भेटेरिनरीको सातौ व्याच आइसक्दा र तीनवटा व्याच उत्तीर्ण भएर गइसक्दा पनि आजसम्म पूर्वाधार तयारीमा आँखा चिम्लेर बस्ने काम भएको छ, ’उनले भने । 

    बी.एस्सी. भेटेरिनरीको नयाँ भर्नाको लागि नेपाल भेटेरिनरी काउन्सिलले विगत दुई शैक्षिक सत्रबाट मान्यता नदिदा यसैको बहाना बनाई नयाँ ठाउँमा नयाँ पूर्वाधार निर्माण गरी कमिशनको खेल हो भन्ने प्रष्ट रहेको स्थानीयको आरोप छ ।

    IMG_2369.JPGसिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रमेश मल्लले मणिग्राममा भेटेरिनरी अस्पतालको स्थापना गर्ने कुरा सुनिएको बताए । ‘जब मूल घर नै स्थापना भएको छैन, कहाँबाट शाखाको कुरा आयो, कतै षडयन्त्र भएको त छैन् भन्दै उनले प्रश्न गरे । सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिपक कुमार थापाले भेटेरिनरी अस्पताल स्थानान्तरण गर्ने विषयमा आफहरुको विरोध रहेको बताए ।

    श्री दुर्गा मन्दिर नयाँ गाउँ–रानी गाउँ–१ का अध्यक्ष खुशीमान गुरुङले आफुहरुले उठाएको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

    आन्दोलनरत स्थानीय पहिलो चरण अन्तर्गत पक्लिहवा कृषि क्याम्पस प्रमुखको कार्यालयमा अनिश्चिकालिन तालाबन्दी गरेका छन् । माग सम्बोधन नभएसम्म अनिश्चितकालिन तालबन्दी गरिएको स्थानीय याम बहादुर थापा (माइला)ले बताए । आन्दोलनको कार्यक्रम अन्तर्गत पक्लिहवा कृषि क्याम्पसको स्वामीत्वमा रहेको कुनै पनि सवारीसाधन क्याम्प्स हाता भन्दा बाहिर चलाउन पूर्ण रुपमा बन्देज लगाइएको बताए । आन्दोलनलाई कमजोरी ठानी यसको विपरीत हुने गरी पाइला चालिएमा भोलिका दिनमा पक्लिहवावासी तथा सम्पूर्ण भैरहवावासी कुनै पनि सीमासम्म जान बाध्य हुने उनले चेतावनी दिए ।

    स्थानीयले भेटेरिनरी अस्पताल अन्य ठाउँमा स्थानान्तरण नगर्न माग राख्दै आइतबार क्याम्पस प्रमुख डा. राम भजन मण्डललाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले ज्ञापनपत्र बुझाउन अघि क्याम्पस प्रमुख र डीनविरुद्ध नाराबाजी समेत गरेका थिए ।IMG_2391.JPG

    ज्ञापनपत्र बुझ्दै क्याम्पस प्रमुख डा. मण्डलले यो विषयमा क्याम्पस प्रशासनले कुनै किसिमको कदम नचालेको बताए । उनले  क्याम्पस प्रमुखको रुपमा आएको दुई महिना मात्र भएकोले आफुले पनि यो विषयमा बुझिरहेको बताए ।IMG_2410.JPGIMG_2345.JPG

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij