२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सन्तुष्टी पनि सफलता हो : मन्त्री पाण्डेय

सोमवार , फाल्गुण १४, २०८०

भैरहवा, १४ फागुन ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सन्तुष्टी पनि सफलता भएको बताएका छन् । उनले आफू भएको ठाउँमा सन्तुष्ट हुन सके सफल हुन सकिने बताए ।

प्रदेश युवा परिषद् लुम्बिनीसँगको सहकार्यमा कोड फर चेञ्जले आइतबार रुपन्देहीको भैरहवामा आयोजना गरेको टेक कन्कलेभ–२०२४ (सम्मेलन) को उद्घाटन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।

उनले भने, ‘युवाहरुले देशको निर्माण गर्ने हो । युवाले आउने सय वर्षको नीति तय गर्न सक्छन् । नयाँ नेपाल भन्दा पनि विकसित, शिक्षित, व्यवस्थित र स्वस्थ नेपाल बनाउने हो ।’

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले सूचना प्रविधिको विकासले युवाको करियर बढाउँदै लगेको बताए । उनले युवाहरुले भविष्य खोज्न विदेश जानुको साटो स्वदेशमै बस्न र सूचना प्रविधिका माध्यमले भविष्य निर्माण गर्न सक्ने धारणा राखे । नेपालमै सम्भावना छ भनेर बुझ्न उनले आग्रह गरे ।

पर्यटनकै माध्यमबाट नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन सक्ने उनको भनाइ छ । मन्त्री पाण्डेयले सकारात्मक सोच आवश्यक रहेकोमा जोड दिए ।