images

शनिवार, बैशाख २२ गते २०८१

साई ग्लोबल कप : जेसिस र साई ग्लोबल ‘बी’ लाई सफलता

साई ग्लोबल कप : जेसिस र साई ग्लोबल ‘बी’ लाई सफलता

images
images
images
सोमवार, फाल्गुण १४ २०८०
सोमवार, फाल्गुण १४ २०८०
  • साई ग्लोबल कप : जेसिस र साई ग्लोबल ‘बी’ लाई सफलता

    भैरहवा, १४ फागुन ।
    जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र साई ग्लोबल एकेडेमी ‘बी’ रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’ मा विजयी भएका छन् । 

    images
    images
    images

    सोमबार भएको खेलमा जेसिसले न्यु होराइजन ‘बी’लाई ७ विकेट र साई ग्लोबल ‘बी’ले नेपथ्य कलेजलाई ७ विकेटले नै पराजित गर्दै सफलता हात पारेका हुन् ।

    सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङमा आएको न्यु होराइजनले निर्धारित खेलमा ६ विकेटको नोक्सानीमा ९० रन बनायो । जसमा आरिफ खानले २५, प्रकाश गिरीले २४ र सूर्यांन्स शर्माले २२ रन बनाए । बलिङमा जेसिसका अजयकुमार चौहानले २ तथा अनिष भट्टराई, शैलेन्द्र यादव, इकलाख अहम्मद र हरिकेष मौर्यले समान १–१ विकेट लिए ।

    जवाफमा जेसिस १८ ओभर ५ बलमा ७ वकेटको नोक्सानीमा ९२ रन बनाउँदै जित निकाल्न सफल भयो । उसको जीतमा सागर कुँवरले ४३, शैलेन्द्र यादवले अविजित १९ र इकलाख अहम्मदले १० रनको योगदान दिए । बलिङमा न्यू होराइजनका सुभम पायडेयले २ तथा रञ्जित मौर्यले १ वकेट लिए । खेलमा जेसिसका अजयकुमार चौहान म्यान अफ द म्याच घोषित भए ।

    दोस्रो खेलमा टस जितेर ब्याटिङमा आएको नेपथ्य कलेज १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९३ रनमै समेटियो । उसका लागि सिराज गैरेले २३, विमर्श थापाले १४ र कृष्ण भुसालले ११ रन बनाए । बलिङमा साई ग्लोबल ‘बी’का रितेश भुजले ३ तथा मोहम्मद हुसेन, अमन यादव र जयप्रताप यादवले समान २–२ विकेट लिए ।

    ९४ रनको लक्ष्यसहित ब्याटिङमा आएको साई ग्लोबल ‘बी’ ले १३ ओभर ४ बलमा ३ विकेट गुमाउँदै ९६ रन बनायो र जीत निकाल्यो । उसका लागि मिर्नाल गुरुङले ३५ र इमरान खानले ३२ रनको योगदान दिए । बलिङमा नेपथ्यका कृष्ण भुसालले २ तथा प्रताप कुँवरले १ विकेट लिए । खेलमा साई ग्लोबलका अमन यादव म्यान अफ द म्याच भए ।

    भैरहवामा रहेको साई ग्लोबल एकेडेमीको प्रमुख प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । 

    त्यस्तै म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टीमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टीम सहभागी छन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij