images

सोमवार, बैशाख १७ गते २०८१

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

images
images
images
मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    भैरहवा, १५ फागुन ।
    नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौं र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज, बाँकेको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा भैरहवामा सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    images

    भैरहवास्थित जिल्ला प्रहरी कार्यालयको प्रांगणमा भएको शिविरमा रक्तचाप, मधुमेह, मृगौला रोग, मुखको क्यान्सर, पाठेघरको रोग सम्बन्धि परीक्षण तथा परामर्श दिइएको थियो ।

    शिविरमा ५९ जना भूतपुर्व प्रहरी कर्मचारी, १३२ जना बहालवाला प्रहरी कर्मचारी र ५ जना प्रहरी परिवारका सदस्यहरुले स्वास्थ्य उपचार सुविधा प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए ।

    sivir police.jpg

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज, बाँकेका प्रहरी उपरीक्षक डा. अच्युत विक्रम खनाल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट, प्रहरी निरीक्षकहरु, भूतपुर्व प्रहरी कर्मचारीहरु, भूतपुर्व प्रहरी कर्मचारीका परिवारहरु तथा प्रहरी कर्मचारीरुलगायतको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij