२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भलवारी जेसीजद्वारा विद्यार्थी उत्प्रेरणा अभियान सुरु

मंगलवार , फाल्गुण १५, २०८०

तिलोत्तमा, १५ फागुन ।
‘जागरण शिक्षामा जेसीज’ शीर्षकमा भलवारी जेसीजले रूपन्देहीको तिलोत्तमा नगरका कक्षा ११ तथा १२ का विद्यार्थीमा उत्प्रेरणा शिक्षा (अभियान) सोमबारदेखि सञ्चालन गरेको छ ।  सोमबार प्यारामाउण्ट आवासीय माध्यमिक विद्यालयमा उद्घाटन गर्दै नगरव्यापी उत्प्रेरणा शिक्षा सञ्चालन गरिएको भलवारी जेसीजका कानूनी सल्लाहकार प्रताप भण्डारीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै रूपन्देहीका अग्रज उद्यमी, समाजसेवी एवं विद्यालयका अध्यक्ष पूर्ण प्रसाद सापकोटाले जेसीजले किशोरावस्थाका विद्यार्थीमा जागरण अभियान सञ्चालन गर्नु समाजको दिगो विकासका दृष्टिले उत्कृष्ट हुने बताए ।

भलवारी जेसीजका अध्यक्ष सी.पी. भट्टराई (जीवन) को अध्यक्षता, कोषाध्यक्ष रूपेश पाण्डेको संयोजकत्व तथा महासचिव मिनप्रसाद तिवारीको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको थियो ।
 
सो अवसरमा प्रशिक्षक मुक्तिनाथ गैह्रेले विद्यार्थी गम्भिर हुनुपर्ने विषय, परीक्षाको तयारी, वृत्ति विकासका शैली, पारिवारिक तथा सामुदायिक संस्कारको अपनत्व, कर्मशीलताको नतिजा, स्वास्थ्य, जीवनशैली लगायतमा अन्तरक्रिया र क्रियाकलापसहित जागरणका नमूना प्रस्तुत गरेका थिए ।