images

शनिवार, बैशाख १५ गते २०८१

राष्ट्रिय सभा अध्यक्ष पद छोड्नु हुँदैन : माओवादी केन्द्रका नेताहरु

राष्ट्रिय सभा अध्यक्ष पद छोड्नु हुँदैन : माओवादी केन्द्रका नेताहरु

images
images
images
मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • राष्ट्रिय सभा अध्यक्ष पद छोड्नु हुँदैन : माओवादी केन्द्रका नेताहरु

    काठमाडौं, १५ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोडन नहुने धारणा राखेका छन् ।

    images

    मंगलवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा बारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाडनु नहुने मत राखेका हुन् ।

    राष्ट्रिय सभा अध्यक्ष नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका छ । तर माओवादी स्थायी कमिटीका नेताहरुले भने सो पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । त्यसैगरी बैठकमा पार्टी नेताहरुको कार्य विभाजन, भावी योजना लगायतका विषयमा पनि छलफल गरिएको छ । प्रवक्ता सापकोटाकाअनुसार बैठकमा काँग्रेस महासमिति बैठक प्रश्तुत गठबन्धनसम्बन्धि धारणाका बारेमा पनि नेताहरुले प्रतिक्रिया दिएका थिए ।

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (बुधवार) पनि बोलाइएको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij