images

शनिवार, बैशाख २२ गते २०८१

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित

images
images
images
मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित

    काठमाडौं, १५ फागुन ।  त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

    images
    images
    images

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा नेपाललाई नामिबियाले २० रनले पराजित गरेको हो । जितका लागि २ सय ७ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको नेपालले १८.५ ओभरमा सवै विकेट गुमाएर १८६ रन बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाए ।

    त्यस्तै कुशल मल्ले ३२ र सोमपाल कामीले २६ रनको योगदान दिए । त्यस्तै गुलसन झाले १२ रन, करण केसी २ रन, विवेक यादवले ६ तथा सन्दीप जोराले ५ रनका योगदान दिए । नमिबियाका रुवेन ट्रम्पलम्यानले ४ विकेट लिए भने ब्रेनार्ड स्कल्ट्ज र  लिफ्टी इटोनले दुई दुई विकेट हात पारे ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले जान निकोल लफ्टी इटनले कीर्तिमानी शतकको मद्दतले नामिबियाले २०६ रन बनाएको थियो । नेपालका रोहित पौडेलले दुई तथा करन केसी र अविनास बोहराले एक–एक विकेट लिए । नेपालले सिरिजको दोस्रो खेलमा बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij