images

सोमवार, बैशाख १७ गते २०८१

साई ग्लोबल कप : लीलाराम र प्यारामाउण्टको लगातार जीत

साई ग्लोबल कप : लीलाराम र प्यारामाउण्टको लगातार जीत

images
images
images
मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • साई ग्लोबल कप : लीलाराम र प्यारामाउण्टको लगातार जीत

    भैरहवा, १५ फागुन ।
    रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’मा मंगलबार भएका दुई खेलमा लीलाराम न्यौपाने मावि र प्यारामाउण्ट इङ्गलिस बोर्डिङ हाई स्कूल विजयी भएका छन् । 

    images

    लीलारामले इडन इङ्गलिस बोर्डिङ हाई स्कूललाई १६ रन र प्यारामाउण्टले होराइजन जीबीएसलाई २६ रनले पराजित गर्दै जीत निकालेका हुन् । यसअघि यी दुवै टीमले एक–एक खेल जितिसकेका छन् । यो लगातार दोस्रो जीत हो ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको लीलारामले निर्धारित खेलमा १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १०० रनको योगफल बनायो । उसका लागि विजय कोहारले ४३, निरज मौर्यले २३ र अयन खाँनले १० रन बनाए । बलिङमा इडनका सागर गिरी र सन्दिप सुनारले समान ४–४ विकेट हात पार्दा विनय जिसी र विशाल भुसालले १–१ विकेट लिए ।

    १ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको इडन १९ ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमै रोकियो । उसका लागि खडक बोहराले पारी सम्हाल्दै ५३ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमले हार व्यहोर्यो । बलिङमा लीलारामका तुलबहादुर थापा र अर्जुन करुशले समान ३–३ तथा गुल्शन कुर्मी र निरज मौर्यले १–१ विकेट लिए । खेलमा लीलारामका अर्जुन करुश म्यान अफ द म्याच घोषित भए ।

    दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको प्यारामाउण्टले निर्धारित खेलमा ६ विकेट गुमाउँदै १ सय १७ रनको बलियो योगफल बनायो । उसका लागि ड्रस सुनारले अविजित ५४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, रिषभ बेल्बासेले ३५ र आर्यन भण्डारीले नटआउट ९ रन बनाए । बलिङमा होराइजन जीबीएसका सुमित पराजुलीले २ तथा सुनिल लोध, विप्रशन केसी र अमित अधिकारीले समान १–१ विकेट लिए ।

    प्रतिउत्तरमा होराइजन जीबीएस पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ९१ रन मात्रै बनाउन सक्यो र हार व्यहोर्यो । उसका लागि विप्रशन केसीले २४ र सचिन जिसीले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो रन बटुल्न सकेनन् । बलिङमा प्यारामाउण्टका शिव कुँवर र ड्रस सुनारले २–२ तथा सन्देश थापा, मञ्जिल भण्डारी, सुमित थापा र दीलिप रेग्मीले समान १–१ विकेट लिए । खेलमा प्यारामाउण्टका ड्रस सुनार म्यान अफ द म्याच भए ।

    साई ग्लोबल एकेडेमी भैरहवाको प्रमुख प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेता टीमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, एक अनुशासित टीमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टीम सहभागी छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij