images

शनिवार, बैशाख १५ गते २०८१

‘दलहरुबीचको मतभेदलाई छलफल, संवाद र वार्ताबाट सहमतिमा जानु अपरिहार्य’

‘दलहरुबीचको मतभेदलाई छलफल, संवाद र वार्ताबाट सहमतिमा जानु अपरिहार्य’

images
images
images
बुधवार, फाल्गुण १६ २०८०
बुधवार, फाल्गुण १६ २०८०
  • ‘दलहरुबीचको मतभेदलाई छलफल, संवाद र वार्ताबाट सहमतिमा जानु अपरिहार्य’

    रुपन्देही, १६ फागुन ।
    पेशागत महासंघ नेपाल रुपन्देहीले देवदह नगरपालिकामा जनप्रतिनिधिबाटै कार्यालय प्रमुखमाथि भएको हातपात, कार्यालय तोडफोड, तालाबन्दी जस्ता क्रियाकलाप भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images

    लोकतान्त्रिक पद्धति अनुरुप कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्ने मुख्य दायित्व बोकेको कार्यालय प्रमुख तथा कर्मचारीमाथि  स्थानीय सत्तापक्ष र प्रतिपक्ष राजनीतिक दलहरुबीचको बेमेल र मनमुटाव पोखिनु दुःखद रहेको महासंघले जनाएको छ ।

    महासंघ रुपन्देहीका अध्यक्ष राजीव अर्याल र सचिव बुद्धिप्रसाद ज्ञवालीद्वारा जारी विज्ञप्तीमा दलहरुबीचको मतभेदलाई छलफल, संवाद र वार्ताबाट सहमतिमा जानु अपरिहार्य भएपनि स्वयं जनप्रतिनिधिबाटै यस्ता गतिविधि हुनु आफैमा अकल्पनीय रहेको उल्लेख छ ।

    राष्ट्रसेवकमाथि भएका यस्ता क्रियाकलापप्रति विज्ञप्तीमार्फत खेद प्रकट गरिएको छ । महासंघले विज्ञप्तीमा काम गर्ने सुरक्षित वातावरण निर्माण गर्न र यस्ता क्रियाकलापमा संलग्नमाथि कानूनी कारवाही गर्न माग गरेको छ ।

    सोमबार देवदह नगरपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित जनप्रतिनिधिले मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

    तालाबन्दी गरेको जनप्रतिनिधिहरुका अनुसार गत पुस १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयमाथि सहमति नजुटेपछि नगरका १२ वडामध्ये ७ वडाका वडाध्यक्ष र १ जना कार्यपालिका सदस्यसहित ८ जना कार्यपालिका सदस्यले नोट अफ डिसेन्ट लेखेका थिए । तर, बहुमतीय दम्भ देखाएर असहमति दर्ज नगरिएको जनप्रतिनिधिको आरोप छ ।
    नगरसभाका २२ जना जनप्रतिनिधिद्वारा हस्ताक्षरित विज्ञप्तिमा मेयर तथा प्रमुख प्रशासकीय अधिकृतले पक्षपाती भूमिका निर्वाह गरेको देखिएकाले तालाबन्दी गर्ने निष्कर्षमा पुगेको बताएका छन् ।

    उनीहरुले मेयर ध्रुबप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले मिलेमतो गरेर नगरपालिकामा मनोमानी ढंगले काम गरिरहेको आरोप लगाएका छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij