रुपन्देही, १७ फागुन ।
श्री कुमारी आधारभूत विद्यालय इस्मा गाउँपालिका वडा नम्बर ५ रातामाटा, गुल्मीले आफ्नो ४४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य नरहरि भण्डारीको अध्यक्षता तथा इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खङ्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि खड्काले विद्यालयले स्थानीयस्तरका बालबालिकालाई लक्षित गरी पठनपाठन गराउँदै आएकोमा धन्यवाद ज्ञापन दिए । उनले थप सफलता हासिल गर्न विद्यालय अग्रसर रहनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि वडा अध्यक्ष झविन्द्र अर्यालले कुमारी आधारभुत विद्यालयलाई वडाले सधै साथ, सहयोग र सहकार्य गर्दै आइरहेको बताउँदै पठनपाठनलाई उत्कृष्ट बनाउनका लागि शिक्षकहरुले मिहिनेत गरेको बताए । उनले ग्रामीण क्षेत्रका स्थानीय बालबालिकालाई अध्ययन गर्न यो विद्यालयले टेवा पुर्याएको बताए ।
रवि मुखियाको स्वागत मन्तव्य तथा अञ्जना नेपालीको सञ्चालनमा भएको कार्यक्रममा प्रधानाध्यापक राधिका सापकोटाले आयव्यय प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्य वसन्त सुनार, वडा सदस्य वसन्त घर्ती, लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सेवानिवृत भएका पूर्वप्रधानाध्यापक निलकण्ठ भण्डारीलाई विदाई तथा सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।