२०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

रुपन्देहीमा भन्सार छलेर ल्याइएका सामान बरामद

बिहिवार , फाल्गुण १७, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १७ फागुन ।
    भारतबाट अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ल्याइएको सामान रुपन्देही प्रहरीले बरामद गरेको छ । मंगलबार र बुधबार प्रहरी चौकी मेउडिहवा, प्रहरी चौकी मैनिहवा र प्रहरी बिट बसपार्कबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–३, मायादेवी गाउँपालिका–४ सुण्डी र रोहिणी गाउँपालिका–७ पिपरहवाबाट अवैध सामान बरामद गरेको हो ।

    बरामद गरिएको सामानमा प्याज ३ बोरा, चिनी २ बोरा, रेगजिन जुत्ताको वोडी ८ सय पिस, कृषिमा प्रयोग हुने औषधी २० कार्टुन, जुत्ता २ सय १२ पिस, झुल ४४ पिस, साबुन र सेम्फु ६ कार्टुन, कोलकेट र ब्रस १ सय कार्टुन रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

    अन्दाजी २ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामान बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।