images

शुक्रवार, बैशाख २१ गते २०८१

लनटेनिस प्रतियोगिता : प्रदिप, प्रनव, रितिक र निशान्त अन्तिम चारमा

लनटेनिस प्रतियोगिता : प्रदिप, प्रनव, रितिक र निशान्त अन्तिम चारमा

images
images
images
बिहिवार, फाल्गुण १७ २०८०
बिहिवार, फाल्गुण १७ २०८०
  • लनटेनिस प्रतियोगिता : प्रदिप, प्रनव, रितिक र निशान्त अन्तिम चारमा

    बुटवल, १७ फागुन ।
    दोस्रो मेयर कप तथा छैठौं राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता–२०८० मा प्रदिप खड्का, प्रनव मानन्धर, निशान श्रेष्ठ र रितिक राना अन्तिम चारमा प्रवेश गरेका छन् । बुटवलको देवीनगरस्थित लन टेनिस कोर्टमा बिहीबार भएको मेन्स सिंगलमा अन्तिम चारको टुंगो लागेको छ । प्रदिप खड्काले आर्यन गिरीलाई ६–३, ६–४, प्रनव मानन्धरले प्रनव खनाललाई ६–१, ३–६, ६–३, निशान श्रेष्ठले आशिष खड्कालाई ६–१, ६–४ तथा रितिक रानाले सक्षम भुषण शाहलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । 

    images
    images
    images

    त्यसै गरी मेन्स डबल्सको उपाधिका लागि सक्षम भुषण शाह र आर्यन गिरीको जोडी र आशिष खड्का र आयुषमान गुरुङको जोडी भिड्ने भएका छन् । पहिलो सेमीफाइनलमा सक्षम भुषण शाह र आर्यन गिरीको जोडीले नेहालजंग थापा र प्रदिप खड्काको जोडीलाई ६–४, ६–३, दोस्रो सेमीफाइनलमा आशिष खड्का र आयुषमान गुरुङको जोडीले रितिक राना र निशान्त श्रेष्ठको जोडीलाई ६–२, ६–४ सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । 

    त्यसै गरी ३५ प्लस मेन्स सिगलमा अनिल शाहीले नबिन श्रेष्ठलाई ६–१, ६–२, सन्तोष खत्रीले सोम रानालाई ६–१, ६–१, कमल भण्डारीले राजन पौडेललाई ६–३, ६–०, सिमान्त गुरुङले संजय श्रेष्ठलाई ६–१, ६–३ को सेटमा जीत निकाल्दै अन्तिम चारमा प्रवेश गरेका छन् । 

    त्यसै गरी ३५ डबल्सको उपाधिका लागि सन्तोष खड्का र संजय श्रेष्ठको जोडीले सिमान्त गुरुङ र अनिल शाहीको जोडीसँग शुक्रबार उपाधि भिडन्त गर्नेछ । बिहीबार भएको पहिलो सेमीफाइनल खेलमा सिमान्त गुरुङ र अनिल शाहीको जोडीले विकास गुरुङ र पदम गुरुङको जोडीलाई ६–१, ६–१ तथा दोस्रो सेमीफाइनलमा सन्तोष खड्का र सन्जय श्रेष्ठको जोडीले राजन पौडेल र नविन श्रेष्ठको जोडीलाई ७–६, ६–४, १०–३ को सेटमा जीत निकाल्दै फाइनलमा प्रवेश गरेका हुन् । 

    त्यसै गरी ४५ प्लस मेन्स सिंगलको उपाधिका लागि कलम भण्डारी र गोपी भट्टराईको बीचमा खेल हुने भएको छ । बिहीबार भएको पहिलो सेमीफाइनलमा कमल भण्डारीले रोहित सुनुवारलाई ६–१, ६–० तथा गोपी भट्टराईले महादेव भण्डारीलाई ५–७, ६–३, १०–५ को सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन । 

    त्यस्तै ४५ डबल्समा गोपी भट्टराई र धर्मा लामिछानेले वाकओभर पाएर फाईनलमा प्रवेश गरेका छन् । त्यसै गरी दोस्रो सेमीफाईलमा रोहित सुनुवार र जोली टार्जनको जोडीले हिमाल श्रेष्ठ र सुर्दशन भण्डारीको जोडीलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । 

    त्यसै गरी ५५ मेन्स सिंगलको उपाधिका लागि चन्द्र शाही र राजु श्रेष्ठ भिड्ने भएका छन् । बिहीबार भएको पहिलो सेमीफाईनलमा चन्द्र शाहीले बिमल गुरुङलाई ६–२, ७–५ र दोस्रो सेमीफाईनलमा राजु श्रेष्ठले विष्णु हमाललाई ६–०, ६–१ को सेटमा जित निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन् । 

    त्यसै गरी ५५ डबल्सको उपाधिका लागि बिमल गुरुङ र हिमाल श्रेष्ठको जोडीले लोक गुरुङ र धर्म लामिछानेको जोडीबीच फाइनल खेल हुने भएको छ । बिहीबार भएको पहिलो सेमीफाइनलमा बिमल गुरुङ र हिमाल श्रेष्ठको जोडीले सुर्दशन भण्डारी र शिव सेढाईको जोडीलाई ७–६, ६–३, १०–७  तथा दोस्रो खेलमा लोक गुरुङ र धर्म लामिछानेको जोडीले चन्द्र शाही र जोली टार्जनको जोडीलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन् । 

    त्यसै गरी ६५ प्लस सिंगलको उपाधिका लागि मनोज राणा र ध्रुव गुरुङबीच खेल हुने भएको छ । फाइनल खेल शुक्रबार हुने टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेले बताए । फागुन १५ गतेदेखि सुरु भएको प्रतियोगितामा ११ विधामा १ सय खेलाडीहरुले प्रतिस्ष्र्धा गरेको संघका सचिव सबर मियाले बताए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij