images

बुधवार, बैशाख १९ गते २०८१

राज्यद्वारा लुम्बिनी निरन्तर उपेक्षित : पूर्वमन्त्री शुक्ल

राज्यद्वारा लुम्बिनी निरन्तर उपेक्षित : पूर्वमन्त्री शुक्ल

images
images
images
शुक्रवार, फाल्गुण १८ २०८०
शुक्रवार, फाल्गुण १८ २०८०
  • राज्यद्वारा लुम्बिनी निरन्तर उपेक्षित : पूर्वमन्त्री शुक्ल

    भैरहवा, १८ फागुन ।
    पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ सह-अध्यक्ष सर्वेन्द्रनाथ शुक्लले राज्यद्वारा लुम्बिनी निरन्तर उपेक्षित रहेको बताएका छन् । उनले दशकौं अगाडि लुम्बिनीलाई स्मार्टसिटी बनाउने घोषणा भएको तर, अहिले पनि त्यहाँको भित्री सडकको स्थिति कुनै ग्रामीण सडक भन्दा केही फरक नरहेको बताए ।

    images

    शुक्रबार संसद बैठकमा बोल्दै पूर्वमन्त्री शुक्लले भने, ‘विश्वमा विरलै यस्तो स्थान होला जहाँ विभिन्न देशका ४० वटा साँस्कृतिक केन्द्र एकै ठाउँमा स्थापित भएको छ । जहाँ साँस्कृतिक राजधानी हामीले बनाउन सक्नुपर्छ, तर राज्यद्वारा लुम्बिनी निरन्तर उपेक्षित रहेको छ ।’

    रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद्) शुक्लले लुम्बिनी क्षेत्रमा शिक्षा र स्वास्थ्यको स्थिति पनि अत्यन्तै दयनीय रहेको बताए ।  ‘सरकारको यसमा ध्यान जाओस् भन्ने मैले आग्रह गर्न चाहन्छु । उनले भने, ‘त्यहाँ सामाजिक अवस्था पनि परापूर्वकालदेखि हेर्ने हो भने हिन्दू धर्मावलम्बी, ईस्लाम धर्मावलम्बी र बौद्ध मार्गहरुबीच एकदमै राम्रो सदभाव कायम हुँदै आएको थियो । मिलेर एक–अर्काको पर्वमा भाग लिने परम्परा थियो । तर, अहिले राज्यको विभिन्न संस्था र व्यक्तिबाट त्यो शान्तिलाई भंग गर्ने र अशान्ति गराउने प्रयास लगातार भइरहेकोले मैले यो कुरा यहाँ उठाउन खोजे ।’

    उनले परापूर्वकालदेखि नै मायादेवी मन्दिरको नाम रूमिन्देइमाइ मन्दिर रहेको बताए । सांसद् शुक्लले रुपन्देहीको नामाकरण २०१८ मा त्यही रूमिन्देइ शब्दबाट आएको भन्ने विद्धत वर्गको भनाइ रहेको बताए । 

    ‘त्यस्तो महत्वपूर्ण ठाउँमा चैत शुक्ल पूर्णिमामा लगातार वार्षिक महोत्सव हुँदै आएको थियो । जहाँ सबै समुदाय मिलेर सँगसँगै त्यो महोत्सव मनाउने गर्दथे । धर्मावलम्बीहरुको जुलुस र मेलामा त्यो प्रष्ट रुपमा पुरानो तस्विरमा देख्न सकिन्छ । मैले प्रमाणको लागि तस्विर पनि राखेको छु, ’उनले भने । मेला प्राचीन मन्दिर, पोखरी र अशोक स्तम्भ नजिक लाग्ने गरेको र पूजाआजा गर्ने, मुण्डन इत्यादी गर्ने परम्परा पनि रहेको उनको भनाइ छ ।

    शुक्लले वि.सं. १९८३ मा नियुक्त भएका पूजारी र पूजारीले नियुक्ति पाउनु भनेको साविकको पूजाआजा त्यही बेलादेखि चालु रहेको भन्ने रहेको बताए । उनले अहिले मायादेवीको नयाँ मन्दिर बनेपछि पुरानो मन्दिर हटाइएको  बताए । सांसद शुक्लले भने, ‘हटाउने मात्र होइन । मूर्तिलाई टुक्रा काटेर त्यसको अशं हटाउने र पूर्वाग्रही रुपमा टीनको एउटा छानामुनी लगेर र त्यो उत्खनन् गरेका अन्य मूर्तिहरु थन्काएर राखिएको छ ।’

    पूर्व शिक्षा तथा पर्यटनमन्त्री समेत रहेका शुक्लले यो भनेको जनताको माझमा रोष ल्याउने काम भएको बताए । ‘मूर्ति हटाइयो, पूजाआजा बन्द भयो । परम्परा रोकियो । अहिले त्यो परम्परा रोक्दाखेरी संविधानको उल्लंघन भयो । त्यसैले गर्दा अन्य जुन विभेदपूर्ण कार्य भएका छन् । यसैले गर्दाखेरी अहिले आएर त्यहाँ संघर्ष समिति बनेको छ । उक्त समितिले १९ बुँदे माग राखेको छ।’

    सांसद् शुक्लले लुम्बिनीमा कुनै किसिमको अशान्तिको चिन्गारी फैलिन भन्दा अगाडि संघर्ष समितिसँग वार्ता गरेर सबैलाई राखेर समस्या समाधान गर्नुपर्ने उल्लेख गरे ।
     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij