images

शनिवार, बैशाख २२ गते २०८१

साई ग्लोबल कप : जेसिस र न्यू होराइजन ‘ए’ उपाधिका लागि भिड्ने

साई ग्लोबल कप : जेसिस र न्यू होराइजन ‘ए’ उपाधिका लागि भिड्ने

images
images
images
शनिवार, फाल्गुण १९ २०८०
शनिवार, फाल्गुण १९ २०८०
  • साई ग्लोबल कप : जेसिस र न्यू होराइजन ‘ए’ उपाधिका लागि भिड्ने

    भैरहवा, १९ फागुन ।
    जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र न्यू होराइजन ‘ए’ टीम रुपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’ मा उपाधिका लागि भिड्ने पक्का भएको छ । शनिबार भएको सेमीफाइनल खेलमा जेसिसले शान्ति नमूना उच्च माविलाई ९ विकेट र न्यू होराइजनले प्यारामाउण्ट इङ्गलिस बोर्डिङ हाई स्कूललाई ३७ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

    images
    images
    images

    सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा टस जितेर ब्याटिङ गरेको शान्ति नमूनाले निर्धारित खेलमा ६ विकेट गुमाउँदै जम्मा ६२ रनको झिनो योगफल बनायो । उसका लागि लक्ष्मण कुमालले अविजित २२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न जेसिसका अनिष भट्टराई, अजयकुमार चौहान, इकलाख अहम्मद, हरिकेष मौर्य र शैलेन्द्र यादवले समान १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको जेसिस १३ ओभर २ बलमा १ विकेट गुमाउँदै ६४ रन बनायो र फाइनल यात्रा पक्का गर्यो । उसको जितमा सागर कुँवर र शैलेन्द्र यादवले अविजित क्रमश : २८ र २६ रनको योगदान दिए । बलिङमा शान्ति नमूनाका लक्ष्मण कुमालले १ विकेट लिए । खेलमा जेसिसका शैलेन्द्र यादव म्यान अफ द म्याच भए ।

    दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङमा आएको न्यू होराइजन ‘ए’ ले ९ विकेटको नोक्सानीमा १ सय १२ रनको बलियो स्कोर खडा गर्यो । उसका लागि महेश भरले अविजित २३, अमर मिश्रले २०, राहुल भण्डारीले १९ र निर्मल गुरुङले १६ रन बनाए । बलिङमा प्यारामाउण्टका दीलिप रेग्मीले ३, सन्देश थापा र मञ्जिल भण्डारीले २–२ तथा शिव कुँवर र ड्रस सुनारले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको प्यारामाउण्ट १६ ओभर ३ बलमा अलआउट हुँदै ७५ रनमै समेटियो । उसका लागि ड्रस सुनारले १८ रन बनाउँदा सन्देश थापाले १५ रन जोडे भने अन्य ब्याटरले दोहोरो रन बटुल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न न्यू होराइजनका निरज घिमिरेले ३, निर्मल गुरुङ र कमरन खानले २–२ तथा निराजन भट्टराई र महेश भरले १–१ विकेट लिए । खेलमा न्यू होराइजनका निरज घिमिरेले म्यान अफ द म्याच भए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमी, भैरहवाको प्रमुख प्रायोजनमा जारी प्रतियोगिताको फाइनल आइतबार हुनेछ । प्रतियोगितामा विजेता टीमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेता टीमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टीमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij