२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भायानेटले जित्यो ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ सहित दुई अवार्ड

शनिवार , फाल्गुण १९, २०८०

रुपन्देही, १९ माघ ।
भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको छ ।

एक्स जीएस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि–गिग इन्टरनेट बजारमा ल्याएर नयाँ टेक्नोलोजीमा परिचित गराउने र ग्राहकमा यसको उल्लेख्य प्रभाव ल्याउन सफल भएको भन्दै दुईवटा अवार्ड (पुरस्कारहरू) बाट सम्मानित भएको कम्पनीले जनाएको छ । अवार्ड समारोह फेब्रुअरी २९ मा सिंगापुरमा आयोजना भएको थियो ।

उक्त अवार्डको लागि भायानेट, नेपालका अन्य इन्टरनेट प्रदायक र टेलिकम कम्पनीहरूसँग मनोनयनमा परेको थियो । विभिन्न निर्णायकहरूको प्रक्रियागत निर्णय र छलफलको आधारमा सम्मानित प्यानलले भायानेटलाई विजेताको रूपमा चयन गरेको हो । कम्पनीले यस विधामा नेपालमा पहिलोपटक यो अवार्ड पाउन सफल भएको हो ।

भायानेट कम्युनिकेसन लिमिटेडकी सीईओ सेवा पाठक बोहराले भनिन्, ‘भायानेट सधैं ग्राहकको आवश्यकता अनुरुप नविनतम टेक्नोलोजीको प्रयोग गर्नेमा अग्रपंक्तिमा रहदै आएको छ । यी पुरस्कारहरूले हाम्रो टस्म र कम्पनीको अथक प्रयास र ग्राहकप्रतिको प्रतिवद्धतालाई थप उर्जा प्रदान गर्छ ।’