२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोट्रयाक्ट साउथद्वारा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आइतवार , फाल्गुण २०, २०८०

तिलोत्तमा, २० फागुन ।
रोट्रयाक्ट क्लब अफ बुटबल साउथको आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लबले शुक्रबार शुद्धोधन गाउँपालिकास्थित लबनीमा शिविर गरेको अध्यक्ष सुबिन खड्काले बताए ।

शुद्धोधन गाउँपालिका र रोटरी क्लब अफ बुटवल साउथको सहयोग तथा चौराहा हस्पिटल प्रा.लि. र चिरायु डेन्टल केयर बुटवलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको क्लबले जनाएको छ । 

एकदिने शिविरमा विपन्न परिवारका सदस्यहरुलाई स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको आयोजकले जनाएका छन् । आयोजकका अनुसार एक दर्जन चिकित्सकहरुको सहभागीतामा भएको शिविरबाट गाउँपालिकाका करिब ७ सय जना भन्दा बढीले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिएका थिए । 

शिविरमा विभिन्न प्रकारका रोगसम्बन्धी चेकजाँच तथा निःशुल्क औषधी वितरण समेत गरिएको थियो । 

कार्यक्रमका बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कमलेश चौधरीले पालिकामा आएर स्वास्थ्य शिविर कार्यक्रम गरेको भन्दै आयोजकलाई धन्यवाद दिए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा रोटरी क्लब अफ बुटबल साउथकी अध्यक्ष शारदा पंगेनी, चौराहा हस्पिटल प्रा.लि.का प्रशासकीय प्रमुख सन्तोष गुप्ता र रोट्रयाक्ट क्लब अफ बुटबल साउथका निवर्तमान अध्यक्ष भुपेन पाण्डे लगायतले बोलेका थिए ।

WhatsApp Image 2024-03-02 at 8.45.56 PM.jpeg

रोट्रयाक्ट क्लब अफ बुटबल साउथका अध्यक्ष सुबिन खड्काको अध्यक्षता, कार्यक्रम संयोजक अमृत भण्डारीको धन्यवाद ज्ञापन तथा नवीन खनालको सञ्चालनमा भएको कार्यक्रममा चिरायु डेन्टल केयरका सञ्चालक डा. नेत्र भुसाल, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।