२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

बेथरीमा निःशुल्क एसईई तयारी कक्षा सञ्चालनमा

आइतवार , फाल्गुण २०, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, २० फागुन । रुपन्देहीको मायादेवी गाउाँपालिका वडा नम्बर ६ स्थित बेथरीमा निःशुल्क माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी कक्षा सञ्चालनमा आएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मायादेवी गाउँपालिकाका सभापति तथा समाजसेवी हरि बहादुर कुँवरले एसईई तयारी कक्षा सञ्चालनमा ल्याएका हुन् । तयारी कक्षामा उत्कृष्ट शिक्षकहरुबाट विज्ञान, गणित र अंंग्रेजी विषय पढाइने सञ्चालक कुँवरले जानकारी दिए ।

    कक्षा बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म सञ्चालन हुने सञ्चालकले जनाएका छन् ।  फागुन ३ बाट सञ्चालनमा आएको तयारी कक्षा चैत १० गतेसम्म चल्ने कुँवरले बताए ।
    तयारी कक्षा सञ्चालनमा ल्याउन स्थानीय विजय खड्काको विशेष सहयोग रहेको र रोजगारीको सिलसिलामा विदेशमा बस्दै आउनुभएका केही स्थानीयहरुबाट पनि कक्षा सञ्चालनका लागि आर्थिक सहयोग आएको कुँवरले बताए ।

    एसईई तयारी कक्षाको शनिबार एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा मायादेवी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष अवधराज यादव, स्थानीय तोरण बहादुर थापा, शैक्षिक व्यक्तित्व अभिषेक त्रिपाठी, हिमाल बडुवाल लगायतको उपस्थिति रहेको थियोे ।

    WhatsApp Image 2024-03-03 at 10.54.26 (1).jpeg