images

शनिवार, बैशाख २२ गते २०८१

त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुने

त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुने

images
images
images
आइतवार, फाल्गुण २० २०८०
आइतवार, फाल्गुण २० २०८०
  • त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुने

    काठमाडौं, २० फागुन । त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुने भएको छ ।

    images
    images
    images

    आइतबार त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेल नेदरल्यान्ड्स र नामबियाबीच वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान पक्का गरेको हो । खेल रद्द भएपछि दुवै टोलीले अंक बाँडेका छन् । नेदरल्यान्ड्स ५ अंकका साथ समूह बिजेता बन्दै फाइनल पुग्यो भने ४ अंकका साथ नेपालले पनि फाइनलमा स्थान बनाएको हो । एक खेल मात्रै जितेको नामिबियाको ४ खेलबाट ३ अंक रहेको छ ।

    खेल रद्द हुनुअघि नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९८ रन बनाएको थियो । नामिबियाका जन निकोल ३४ रन र जेने ग्रीन ११ रनमा नटआउट अवस्थामा थिए । नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल मंगलबार हुनेछ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij