सोमवार , फाल्गुण ३, २०७७
भैरहवा, ३ फागुन ।
ढाढी समाज मञ्च रुपन्देहीले सोमबार भैरहवामा आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मञ्चका सल्लाहकार रामहरक ढाढीले ढाढी जातिको विकासका निम्ति मञ्च सदैव तत्पर रहेको बताए ।
मञ्चका वरिष्ठ उपाध्यक्ष सरस्वती ढाढीले ढाढी जातिमा अझ पनि शिक्षाको कमी रहेकोले भन्दै सामाजिक समस्यालाई सामाजिक तवरबाटै समाधान गर्नुपर्ने बताइन् । सामाजिक क्षेत्रमा सेवामूलक, सीपमूलक कार्यक्रम गर्दै आगामी दिनमा जिल्लामा एक संगठित समाज मञ्चको रुपमा स्थापित हुनुपर्ने उनले बताइन् ।
ढाढी समाज रुपन्देहीका अध्यक्ष प्रकाश ढाढीले सम्पूर्ण ढाढी जातिको शैक्षिक, सामाजिक, सांस्कृतिक अवस्थालाई उठाउँदै अघि बढ्ने बताए ।
ढाढी समाज रुपन्देहीका अध्यक्ष प्रकाश ढाढीको अध्यक्षता, रामकृृष्ण ढाढीको प्रमुख आतिथ्यता, भुलई ढाढीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष दिपक ढाढी, सल्लाहकार रामपुजन ढाढी, अशोक कुमार ढाढी, देवनाथ ढाढी लगायतको उपस्थिति रहेको थियो । विजय कुमार ढाढीको स्वागत मन्तव्य तथा सह–सचिव मनोज ढाढीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij