२०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

भीम अस्पतालमा मनाइयो ७४ औं नेपाल चिकित्सक दिवस

आइतवार , फाल्गुण २०, २०८०

  • 952
    Shares
  • 952
    Shares
  • भैरहवा, २० फागुन ।
    रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा ७४ औं नेपाल चिकित्सक दिवस मनाइएको छ । दिवसको अवसरमा आइतबार अस्पतालमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

    अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माको अध्यक्षता, अस्पताल विकास समिति कर्मचारी यूनियन भीम अस्पताल इकाई समितिका अध्यक्ष एवं नेपाल सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायको स्वागत तथा अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदा, सूचना अधिकारी तथा बालरोग विशेषज्ञ डा. आरिफ हुसेनले भनाइ राखेका थिए ।

    कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुलाई अध्यक्ष डा. शर्माले सम्मान गरेका थिए ।

    WhatsApp Image 2024-03-03 at 4.37.09 PM.jpeg

    भीम अस्पतालमा पहिलोपटक चिकित्सक दिवस मनाइएको अस्पताल विकास समिति कर्मचारी यूनियन भीम अस्पताल इकाई समितिका अध्यक्ष गोपाल उपाध्यायले बताए ।

    यस वर्ष ७४ औं नेपाल चिकित्सक दिवस ‘समाजको लागि चिकित्सक र चिकित्सकको लागि समाज’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।

    नेपालमा प्रजातन्त्रको स्थापना पश्चात् चिकित्सकहरुको हकहितका लागि व्यावसायिक संस्था नेपाल चिकित्सक संघको २००७ साल फागुन २० गते स्थापना गरिएको थियो । उक्त दिनलाई नेपाली चिकित्सकहरुको एकताको दिनको रुपमा स्मरण गर्दै प्रत्येक वर्षको फागुन २० गते नेपाल चिकित्सक दिवस मनाइन्छ ।