२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

भलाई कोषद्वारा स्वर्ण महोत्सवको लोगो सार्वजनिक

सोमवार , फाल्गुण २१, २०८०

  • 676
    Shares
  • 676
    Shares
  • बुटवल, २१ फागुन ।
    यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्वर्ण महोत्सवको लोगो सार्वजनिक गरेको छ । २०३१ सालमा स्थापित भलाई कोषले ५० वर्ष पूरा गरेको अवसरमा आगामी वैशाख १, २ र ३ गते स्वर्ण महोत्सव मनाउँदै छ । 

    सोमबार बसेको कार्यसमिति बैठकमा स्वर्ण महोत्सवको लोगो सार्वजनिक गरिएको संस्थाका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए।

    3d9c7424-24c0-4573-b8ef-17475dee074a.jpg

    स्वर्ण महोत्सवका अवसरमा संस्थाले रक्तदान, स्वास्थ्य चेकजाँचसहित मूल समारोहको समेत आयोजना गर्ने छ । साथै संस्थाले स्वर्ण महोत्सवकै अवसर पारेर ५ लाख रुपैयाँको गरीब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्न लागेको अध्यक्ष फुल्लेलले बताए ।

    त्यस्तै भलाई कोषले हालसम्म भए गरेका काम, संस्थाको इतिहास र दुर्घटना न्युनीकरणसम्बन्धी विषयलाई समेटेर स्मारिका प्रकाश गर्न लागेको र स्वर्ण महोत्सव मूल समारोहकै दिन पारेर स्मारिका विमोचन गरिने अध्यक्ष फुल्लेलले बताए । यातायात यातायात मजदूर तथा व्यवसायी भलाई कोषले दुर्घटना न्यूनीकरणका लागि विगतदेखि नै सचेतना जगाउँदै आएको छ ।