२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

महिला नेतृत्व क्षमता विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न

मंगलवार , फाल्गुण २२, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, २२ फागुन ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित किशोरपुरमा महिला नेतृत्व क्षमता विकास सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    नमुना एकीकृत विकास परिषद् (नमुना) सिद्धार्थनगर, रुपन्देहीको आयोजना, सिद्धार्थनगर नगरपालिकाको समन्वय, नागरिक आवाज ललितपुरको सहयोग तथा सक्षम सहारा बहुउद्देश्यीय महिला समूहको सहकार्यमा सोमबार उक्त कार्यक्रम भएको हो ।

    सामाजिक सुरक्षा जालो परियोजना अन्तर्गत ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस दिवसको अवसरमा कार्यक्रम गरिएको परियोजना संयोजक राजेश जि.सी.बताए । कार्यक्रममा नमुनाकी संस्थापक अध्यक्ष ज्ञानु पौड्यालले सहजीकरण गरेकी थिइन् ।

    423766288_1564199927708773_8044678108977541332_n.jpg

    सक्षम सहारा बहुउद्देश्यीय महिला समूहकी अध्यक्ष शान्ता कंडेलको अध्यक्षता, नमुना एकीकृत विकास परिषदकी संस्थापक अध्यक्ष ज्ञानु पौड्यालको प्रमुख आतिथ्यता, श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ का अध्यक्ष अजय कुमार गुप्ताको विशिष्ट आतिथ्यता, सिद्धार्थनगर–६ का वडा सदस्य अनिल कुमार केसी, हिन्दू युवा बाहिनी लुम्बिनी प्रदेश अध्यक्ष पुरन सिंह रानालगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    रविना भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।