२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीमा दुईदिने ध्यान शिविर हुने

मंगलवार , फाल्गुण २२, २०८०

लुम्बिनी, २२ फागुन ।
महाशिवरात्रीको अवसरमा लुम्बिनीमा रहेको ओशोको आश्रम ‘ओशो जेतवन’ मा दुईदिने ध्यान शिविर हुने भएको छ । ध्यानका आविष्कारक भगवान शिवको विशेष उपासनासँगै ध्यान, योग, संत्सग र विशेष उत्सव शिविरमा हुनेछ । शिवरात्री केन्द्रित दुईदिने ध्यान शिविरमा जो केहीले पनि भाग दिन पाउनेछन् । 

यो ध्यान शिविरलाई सञ्चालन गर्नका लागि माँ शान्तम् शलिला अर्थात् सोबिता सिम्खडा काठमाडौंबाट लुम्बिनी आउँदै छिन् । शिवरात्रीको अवसरमा बुद्धको भूमि लुम्बिनीमा आयोजना गरिएको ध्यान शिविर सञ्चालन गर्न पाउँदा आफू उत्साहित भएको र शिविरलाई विशेष बनाउने माँ सोविता बताउँछिन् । 

यही शुक्रबार महाशिवरात्री छ । ओशो जेतवनमा हुने ध्यान शिविर शुक्रबार र शनिबार हुनेछ । सहभागीहरु बिहीबार साँझ आश्रममा पुग्नुपर्नेछ भने आइतबार बिहानको ध्यानसँगै शिविर समापन हुनेछ । यसपटकको शिवरात्रीलाई ध्यान र उत्सवमय बनाउन चाहनेहरुको लागि ओशो जेतवनले यो शिविर राखेको हो । शिविरमा भाग लिन चाहनेहरुले फोन नम्बर ९८४३०७८९९७ मा सम्पर्क गर्न सकिने ओशो जेतवन आश्रमले जनाएको छ ।