
सोमवार , फाल्गुण ३, २०७७
बुटवल, ३ फागुन ।
हरियाली यातायात बुटवलको आयोजनामा बन्द सदाका लागि बन्द गरौ भन्ने नारासहित अभियान थालिएको छ । खुद्रा किराना व्यवसाय संघ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, खुद्रा व्यवसायी संघ, हाटबजार व्यवसायी संघको ऐक्यद्घतामा सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी राजनीतिक दलहरु बन्दलाई सधैलाई बन्द गर्नुपर्ने बताए ।
हरियाली यातायातका अध्यक्ष कृष्ण प्रसाद तिवारीले बन्द सदाका लागि बन्द गर्न आव्हान स्वरुप सांकेतिक रुपमा कार्यक्रम गरिएको बताए । बुटवलमा ई–रिक्सा चलाएर दैनिकी चलाउनेहरुको ठूलो संख्या रहेको उनले बताए । ई–रिक्सा व्यवसायी ज्ञानु बस्यालले ई–रिक्सा रुपन्देहीमा दर्ता नहुँदा धेरै कठिनाई रहेको बताए । मंसिर २४ गतेसम्म बुटवलमा ८ सय २५ वटा रिक्सा दर्ताको प्रक्रियामा रहेको भन्दै यसलाई छिटो भन्दा छिटो खुलाउन उनले माग गरे । बुटवलमा चल्ने आधा रिक्सा प्रदेश २ मा दर्ता भएको तथा वार्षिक प्रादेशिक कर ५ हजार, संघ कर ३ हजार कर तिर्दै आएको उनले छ । ई–रिक्सामा प्रयोग हुने व्याट्रीको ४१ प्रतिशत कर सरकार लिदा ठूलो समस्या भएको उनले बताए । करीब रिक्साको एक सेट व्याट्रीको ८०÷९० हजार खर्च हुने र २ वर्ष वारेन्टी रहेको उनले बताए ।
कार्यक्रममा खुद्रा किराना व्यवसायी संघका वरिष्ठ महेन्द्र प्रसाद पोखरेल, हरियालीका सचिव गोपाल रिजाल, कोषाध्यक्ष लाल बहादुर राई, अभियन्ता योगराज भण्डारी, रुद्रप्रसाद घिमिरेले वातावरणमैत्री ई–रिक्सालाई सरकारबाट व्यवस्थापन गर्नुपर्ने बताए ।
सडकको खराबी, ई–रिक्सा बिग्रने लगायतका धेरै समस्या रहेको उनीहरुले बताए । बुटवलमा ३ वटा रिक्सा व्यवसायी संस्थाहरु छन । बुटवलमा करिब १ हजार २ सय चलेको छ । एकहप्ता अघि भएको बन्दको क्रममा ५ वटा ई–रिक्सा तोडफोड भएको उनीहरुले दुखेसो गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij