२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

रुपन्देहीमा भन्सार छलीको १४० बोरा प्याज बरामद

बुधवार , फाल्गुण २३, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, २३ फागुन ।
    भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको अवस्थामा प्रहरीले १४० बोरा प्याज बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बुधबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १ कालिदहबाट १४० बोरा प्याज बरामद गरेको हो । 

    मोटसाइकल र साइकलमा ओसारपसार गरी गोदाम गरिरहेको अवस्थामा (मोटसाइकल र साइकलसहित) अन्दाजी मूल्य रु. ८ लाख १० हजार बराबरको प्याज बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    रुपन्देही प्रहरीका अनुसार बरामद गरिएका चार मोटरसाइकलमध्ये एउटा भारतीय नम्बर प्लेट र तीनवटा नेपाल नम्बर प्लेटका रहेका छन् । त्यस्तै ७ वटा साइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

    बरामद गरिएको प्याज, मोटरसाइकल र साइकल आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।