२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

सामुहिक ईहि यज्ञ सुरु

सोमवार , फाल्गुण ३, २०७७

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • बुटवल, ३ फागुन । 
    नेवारी कन्याहरुको सामुहिक ईहि यज्ञ (बेलविवाह) तथा क्येटा पुजा सुरु भएको छ । नेवा सेवा समिति बुटवल कालिकानगरको आयोजनामा देवीनगरस्थित भुपुसैनिक क्लबमा दुई दिने कार्यक्रम सोमबारदेखि सुरु भएको हो । 

    समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सामुहिक रुपमा गरिने यस्ता कार्यक्रमबाट छरिएर रहेका नेवारहरुबीच एकता हुनुको साथै आर्थिक ब्ययभार समेत परिवारलाई कम हुने दावी गरे । प्रत्येक वर्ष संस्थागत रुपमा ११ पटक आयोजना गरिएको कार्यक्रम गरिएको उनले बताए । 

    नेवार पण्डित हरिशरणोराज्योपाध्यले संस्कृतिमा धनी नेवारहरु संगठित भएर लाग्दा नयाँ पिढीलाई यसको ज्ञान हुने बताए ।
    समितिका सचिव डिल्ली कुमार श्रेष्ठले ८४ जना कन्याहरु सहभागि रहेको बताए । यसैगरि दोस्रो दिन ८ जना नेवार बालकको ब्रतबन्ध समेत हुने उनले बताए । कार्यक्रममा रुपन्देही, काठमाडौ, दाङ, पाल्पा, अर्घाखाची लगायत क्षेत्रबाट सहभागिता रहेको छ । 
    संयोजक बिष्णुमाया श्रेष्ठले नेवार जातिभित्र रहेको धनी र गरीबको खाडल हटाउन यसरी गरिने सामुहिक कार्यले सहयोग मिल्ने बताइन् । बिहान भुपुसैनिक क्लबबाट सुरु भएको जनचेतना र्‍याली समितिको भवन पुगेर पुनः भुपुसैनिकमा फर्किएर औपचारिक कार्यक्रम शुभारम्भ भएको थियो ।