
बिहिवार , फाल्गुण २४, २०८०
भैरहवा, २४ फागुन ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ गोहूँगावस्थित भगवान भोलेनाथ मन्दिरमा भोलेनाथ मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । समाजसेवी तथा युवा नेता विनय कुमार मिश्राले मूर्तिको प्राणप्रतिष्ठा गरेका हुन् । मन्दिरको शिलान्यासदेखि नै मन्दिर निर्माणमा समाजसेवी मिश्राको सहयोग रहेको मन्दिरका पुजारी नरेश हरिजनले बताए ।
मन्दिरले धार्मिक आस्था र पहिचान मात्र नभई पर्यटकीय स्थल प्रबर्द्धनमा समेत ठूलो प्रभाव पार्ने मानवअधिकारकर्मी अग्नि शक्ति यादवले बताए ।
मन्दिर शिलान्यास कार्यक्रममा मानवअधिकारकर्मी अग्नि शक्ति यादव, युवा समाजसेवी चन्दन तिवारीस्वतन्त्र मधेशी विद्यार्थी युनियनका अध्यक्ष अनुप द्विवेदी, दिलिप शुक्ला लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij