२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

आज महाशिवरात्री : भैरहवाको ऐतिहासिक शिवमन्दिरसहित देशभरका शिवालयमा भक्तजनको घुँइचो

शुक्रवार , फाल्गुण २५, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, २५ फागुन । रुपन्देहीको भैरहवामा रहेको ऐतिहासिक शिव मन्दिरमा भक्तजनहरुको घुँइचो लागेको छ । हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको शिव मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीहरुले पूजाआजा गर्दै आएका छन् ।

    सिद्धार्थनगर नगरपालिका–८ मा रहेको यस मन्दिरमा रुपन्देहीका विभिन्न स्थानका लाखौ दर्शनार्थीहरु दर्शनका लागि आउने गर्छन् । दर्शनार्थीहरु लामबद्ध भएर पूजा गर्ने र फर्किने क्रम चलिरहेको छ ।

    दर्शनार्थीको सहजताका लागि दुई वटा लाईन लगाइएको छ । महाशिवरात्री पर्व भगवान शिवको विधिपूर्वक पूजा, आराधना गरी मनाउने गरिन्छ । लाखौं भक्तजनहरुले शिव मन्दिरमा दर्शन गर्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पशुपति न्यौपानेले जानकारी दिए ।

    shiva man.jpg

    त्यसै गरी भैरहवामा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले पनि महाशिवरात्री पर्वको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । त्यहाँस्थित शिवालयमा पनि भक्तजनहरुको पूजाआजाका लागि घुँइचो लागेको छ ।

    ommmmmmm.jpg
    Omaa.jpg

    रुपन्देहीको बोलबमधाम, मुक्तिनाथ धाम लगायतका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको हो ।

    आज शिवभक्तहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा धुनी जगाई भजनकीर्तन गर्ने चलन छ ।

    shiva man 2.jpg
    shiva man 3.jpg