२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

देवदहमा गौतमबुद्ध वादरियो अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु

शुक्रवार , फाल्गुण २५, २०८०

  • 970
    Shares
  • 970
    Shares
  • रुपन्देही, २५ फागुन ।
    रुपन्देहीको देवदहमा गौतमबुद्ध वादरियो अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता–२०८० सुरु भएको छ । देवदह कराँते डो एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका कराँते खेलाडीको सहभागीता रहेको आयोजकले जनाएका छन् ।

    कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले ऐतिहासिक, पर्यटकीय नगर देवदहलाई खेल र पर्यटनबाट समृद्धिको दिशामा लैजाने गरी नगरपालिकाले काम गरिरहेको बताए । खेललाई मनोरञ्जन र स्वास्थ्यसँगै व्यवसायिक ढंगले समेत खेलकुदका गतिविधिहरु सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । नगरप्रमुख खरेलले खेललाई व्यवसायिक बनाउन सके मात्र आर्थिक विकास गर्न सकिने बताए । उनले कराँते खेल आत्मरक्षाका निम्ति पनि महत्वपूर्ण रहेको र यसले मानिसको शारीरिक रुपमा पनि अत्यन्तै प्रभावकारी भुमिका निर्वाह गर्ने बताए ।

    त्यस्तै मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्य, नेकपा (माओवादी केन्द्र) का नेता निर्मल जिसी, नेपाल वादरियो कराँते डो संघका केन्द्रिय अध्यक्ष, प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी लगायतले बोल्दै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

    प्रतियोगितामा करिब ३ सय जना खेलाडीहरुले प्रतिष्पर्धा गर्ने कार्यक्रम संयोजक मोहन जिसीले जानकारी दिए ।

    नेपाल वादरियो कराँते डो संघका केन्द्रिय अध्यक्ष हरिशरण केसीको अध्यक्षतामा, कराँते प्रशिक्षक माधवप्रसाद घिमिरेको स्वागत तथा गणेश पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतियोगिता शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।