शनिवार , फाल्गुण २६, २०८०
तिलोत्तमा, २६ फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ तथा वडा स्तरीय खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि प्रथम टोलस्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा–८ स्थित ज्योतिनगर खेलमैदानमा प्रतियोगिता सुरु भएको हो।
समितिका अध्यक्ष पुजन भण्डारीको अध्यक्षता, तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा, खेलकुद समितिका उपाध्यक्ष निरज पुनको स्वागतमा प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा ईश्वरी न्यौपाने, अर्जुन खरेल, सागर न्यौपाने, राजुमान गुरुङ, हरिलाल पाण्डेय लगायतले खेलको बारेमा सुझाव तथा प्रशंसा गरेका थिए । शुक्रबार भएको पहिलो खेलमा दीपज्योति टोल विकास संस्थाले रामजानकी टोल विकास संस्थालाई २–० गोल अन्तरले जीत हासिल गरेको थियो भने ।
त्यस्तै दोस्रो खेलमा प्रदिपनगर टोल विकास संस्थाले मिलन टोल विकास संस्थालाई २–१ गोल अन्तरले जीत हासिल गरेको थियो ।
त्यसै गरी तेस्रो खेलमा संगम टोल विकास संस्थाले विश्व शान्ति टोल विकास संस्थालाई ६–० ले र चौथो खेलमा ज्योतिशान्ति टोल विकास संस्थाले विन्दवासिनी टोल विकास संस्थालाई १–० गोल अन्तरले जीत हासिल गरेको थियो । प्री पाइनलका खेल शनिबार हुने आयोजकले जनाएका छन् । उद्घाटन खेलको सञ्चालन प्रतिक पाण्डेयले गरेका थिए । 
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
